दाङ
११-जेठ/ सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहिबार तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको महासंघको भनाइ छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया