दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

ठूलाठूला खाडल र पानी जम्मा भएर सडक तालमा रुपान्तरण भएको छ । तर ति खाडल पुर्नलाई कुनै समस्या छैन् केबल समस्या इच्छा शक्तिको देखिएको छ । लमही घोराही सडक खण्डको मात्रै कुरा गर्दा पनि बढी दुर्घटना हुने क्षेत्र बनेको छ । सडक सुरक्षित हुनुपर्छ तर यहाँ मृत्यु निम्त्याउने धराप बन्दै गरेको दुर्घटना र सडकको अवस्थाले दर्शाउछ । मृत्युको कारण नै सडक बन्ने अवस्थामा पुग्दा पनि सडकको स्तरउन्नतीको कुरा छोडौं मर्मत गर्न समेत चासो दिएको पाईदैन् । सडकको अबस्था निकै पुरानो र अहिले सडकको भार क्षमता भन्दा धेरै ठूला मालबहाक सवारीका साधनहरु तथा लोडेड गाडीहरुको चाप बढ्दा सडकको अबस्था नाजुक बन्दै गएको छ । बजारका नजिकका वा भनौ बजार छिर्ने मुखैका सडकहरु हिलाम्य र खाडल युक्त हुदै गर्दा कति बेला दुर्घटना हुने हो निश्चित छैन् । बढ्दो सवारी साधनको चापले सडक जिर्ण एवं कमजोर बन्दै गएको छ भने अर्कोतर्फ सडक पोखरी बनेर जलाशयझै देखिन्छ । यी सडकहरुमा दुःख पाउने नागरिकहरु देखी लिएर मन्त्रीहरु समेत हुईकिने गर्दछन् । तर यी समस्या तिनै पैदल यात्रुहरु र गाडी चालकले मात्रै भोगेका छन् । त्यसमा सवार राज्यका उच्च निकायमा रहेका कर्मचारी, जनप्रतिनिधीहरुले पटक्कै देखेका छैनन् ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



यस बिषयमा सोध्यो तत्काल बर्षा लागेकाकारण अहिले सम्भब नहुने तर हिउदमा सडक सुधार हुने या त्यो बाटो अर्को निकायले ठेक्कामा लगाएको छ अहिले हामीले केही गर्न मिल्दैन भनि यस्तै जवाफ आउने गर्दछ । गएको आर्थिक वर्ष २०७६/०७७ मा लमही–घोराही सडकखण्ड अन्र्तगत पर्ने २३ किलोमिटर सडक मर्मतको लागि सडक डिभिजन कार्यालय दाङले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट भास्सिएको तीन किलोमिटर क्षेत्रमा पक्की ‘वाल’ लगाउने, कालोपत्रे उप्किएको र दायाँबायाँ नाला मर्मतको काम सम्पन्न भएको छ । १६ किलोमिटर सडक क्षेत्रकोबीचमा भास्सिएको नाला मर्मत र खाल्डाखुल्डी पुर्ने काम भयो ।

कालोपत्रे भएको सडकमा दर्जनभन्दा बढी पक्की ‘वाल’ निर्माण गरिएको थियो । अहिले ती पक्की ‘वाल’ भासिनुका साथै कालोपत्रे उप्किएका छन् । मालवाहक सवारी र टिप्परले ओभरलोड सामान ओसारपसार गरेका कारण प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको छ । यस्का लागि सडक गुणस्तरीय बनाउने या वैकल्पीक सडक बनाउने भन्ने मुख्य कुरालाई ध्यान दिनुपर्ने हुन्छ । सडकको क्षमताभन्दा बढी सवारी साधनले ओभर लोड ढुवानी गर्ने गरेकोले प्रत्येक वर्ष यस्तो समस्या आउने र यात्रुहरुले सास्ती खेप्नु परेको छ । यस चालूआर्थिक बर्षमा पनि मर्मतका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । तर उक्त रकम कहिले र कसरी खर्च हुने हो भन्ने प्रश्न हो । बर्षा याममा सास्ती पाउने बेला सहज बनाउने कि कार्यालयलाई सहज भएको बेला काम गर्ने भन्ने कुराले अन्तत दुख्ख पाउने नागरिकहरु नै देखिएका छन् । तसर्थ ड्यामेज हुदै गएको सडक पूर्वाधारलाई बेलैमा बलियो बनाई नागरिकको सुरक्षीत यात्राका लागि ध्यान दिन जरुरी छ ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना