देशमा कानुन छ । कानुनको पालना गर्नु सबै नागरिकहरुको कर्तव्य हो । तर त्यही कानुनको विपरित अनेक कार्यहरु हँुदा त्यसलाई नियमन गर्न राज्यले सुरक्षा र न्यायको संयन्त्र बनाएको छ । कानुनको उलल्ंघन गर्ने कैयौँ छन । कानुनलाई आफू अनुकुल व्याख्या र हातमा लिने अधिकार कसैलाई छैन् । कानुन तुलो सरह सबैका लागि समान हुन्छ । कुनै पनि रिस, आबेग, उत्तेजना वा सोचलाई कानुन विपरित प्रयोग गर्न पाईदैन । शुक्रबार प्रादेशिक अस्पताल तुलसीपुरमा मेडिकल सुपरिटेण्डेण्ड डा. विनोद सिंह माथी भएको मोसो प्रकरण अहिले चर्चामा छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक सर्जन परियार सहितका पदाधिकारीहरुले डाक्टर माथी मोसो दलेका छन् । अघिल्लो दिनबाटै डाक्टर सिंहसँग अस्पतालको सुधारका बिषयमा छलफल भएको भिडियो सार्वजनिक भएका छन् । अस्पतालमा वेथीती धेरै रहेको र सुधारमा नेतृत्व पक्षनै जिम्मेवार नभएपछि आफूहरुले सचेत मात्रै पारेको बताएका छन् । प्रादेशिक अस्पतालमा नाम अनुसारको सेवा नभएको, चिकित्सकहरु निजी क्लिनिकमा मात्रै धाउने गरेको, अफिस समयमा पनि बिरामीलाई नीजितर्फ पठाउने गरेको, अस्पताल रिफर केन्द्र भएको लगायतका विषयमा बारम्बार अस्पताल प्रशासनको खबरदारी गर्दै आए पनि सुधार नहुने देखेका कारण सचेत गराएको सो समूहको भनाई छ ।


अहिले डाक्टरलाई मोसो दलेको बिषयले निकै चर्चा पाएको छ । दोषीलाई तत्काल पक्राउ गरि कार्वाहीको माग चौतर्फी भैरहेको छ । परियारसहितको पदाधिकारीको मातृ पार्टी नेकपा एमालेले समेत सार्वजनिकरुपमा ति विद्यार्थी नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको बताईसकेका छन् । अहिले पार्टी र संगठनबीच नै दोहोरी चलेको छ । दोषिलाई कार्वाही नभए सेवा रोक्ने चिकित्सकहरुले चेतावनी दिईसकेका छन् । अस्पतालमा समस्याहरु याबत होलान तर सामाधान फेरी कानुन हातमा लिएर व्यक्ति माथी दूव्र्यवहार गर्नु पक्कै हैन । अस्पतालको सेवा सुधारमा सबैको पहल मात्रै हैन लगानी पनि आवश्यक छ । यो या त्यो नाममा कुनै व्यक्तिले व्यक्ति माथी नै यसरी दूव्र्यवहार गर्दा सेवा सुधार कसरी हुन्छ भन्ने ग्यारेन्टी कहाँ छ ? व्यक्ति माथीको जून दूव्र्यवहार भएको छ यसले समाजमा राम्रो सन्देश गएको छैन ।


जिम्मेवार पार्टीको एउटा संगठनको मोर्चा सम्हालेका व्यक्तिले अस्पतालका डाक्टरलाई जुन व्यवहार गरियो यो कदापी क्षम्य छैन । दोषीलाई कार्वाहीको पाटो आफ्नै होला तर कानुनलाई हातमा लिने कोशिसहरु आवेश, उत्तेजना र रिससँगै किन व्यवहारमा प्रकट भैरहेका छन् ? दोषिलाई गल्ती अनुसारको कार्वाही हुनैपर्छ । ताकी आगामी दिनमा यस्ता दुव्र्यबहारका घटनाहरु हुन नपाओस । यो विषय संस्थाको काम र व्यक्तिको जिम्मेवारी सँग जोडिएको होला तर अस्पताल जस्तो संबेदनशिल क्षेत्रलाई पनि नागरिकको उपचारमा भरपर्दो बनाउन अपरिहार्य छ । सबै जनताले गुनासो गर्ने, उपचार नपाउने, डाक्टरलाई सधै खोजी गर्नुपर्ने अवस्थाको पनि अन्त्यका लागि अस्पताल प्रशासन र राज्य जिम्मेवार बन्नुपर्ने छ । उपचार नपाएको झोकमा कसैले पनि कोही माथी आक्रोश नपोखोस कि अस्पताल त यस्तो पो होस भन्ने बखान सबैले गर्न पाउन । अस्पतालका प्रमुख माथी भएको जुन प्रकारको दुव्र्यहार भएको छ यसमा संलग्नलाई कानुनी दायरामा ल्याउदै अस्पतालले आफ्नो सेवामा पनि सुधार ल्याउन सकोस् ।

प्रतिकृया

प्रतिकृया