दाङमा पछिल्लो समय अपराध न्यूनिकरणमा प्रहरीले सकृयता देखाएको छ । कानुनले बन्देज गरेका कुनै पनि कार्य गर्न पाईदैन । त्यसको पालना स्वय नागरिकले गर्नुपर्छ । तर नागरिकहरुबाट पनि यसको दुरुपयोग गरेर लाभलिने सोचले गर्दा कानुन विपरितका घटना हुने गरेका छन् । जस्को नियन्त्रण, नियमन र कानुनी दायरामा लिने काम सुरक्षा निकायको हो । विशेष गरि अदालतबाट दोषि ठहर भएका तर फरार रहेका व्यक्तिहरुको खोजी, अबैधरुपमा नदिजन्य बस्तुहरुको उत्खनन् तथा निकासी, लागूऔषधको कारोबार, वन्यजन्तुका छाला एवं अंगहरुको निकासी, जुवातास जस्ता गतिबिधीलाई प्रहरीले केन्द्रमा राखेको देखिन्छ । यो सँगै अन्य विभिन्न अपराधका घटनाहरुलाई हुनै नदिने र हुन सक्ने आँकलन गरेर त्यसलाई रोक्ने पनि प्रहरीको मुख्य कर्तव्य एवं जिम्मेवारी हो । दाङमा हुने लागुऔषध कारोबार, वन्यजन्तुको शिकार र अंगहरु निकासी, जुवातास, नदिजन्य बस्तुहरुको अबैध दोहन नै मुख्य समस्याकारुपमा रहेका छन् । यो सँगै सवारी साधन दुर्घटनाका बिषयमा पनि महामारी जस्तै बनेको छ ।


                                                                         बिज्ञापन
   



यावत घटनालाई रोक्न प्रहरीले पछिल्लो समय चालेका कदम र देखाएको सकृयता सह्रायिन नै छ । तर यो कार्यलाई हेर्दा अपराधका घटना बढेको हो या प्रहरी सकृयता भन्ने मुख्य प्रश्न छ । तर यसमा प्रहरीले आफुहरु को सकृयता बढेकै कारणले गर्दा अपराध नियन्त्रणतर्फ रहेको उस्को दावी छ । विभिन्न सोच व्यवहार युक्त समाजमा विधिब खाले मान्छेहरु बस्छन् । उनिहरुका कतिपय गतिबिधीहरु अपराध तर्फ मोडिएका छन् भने कति पयमा सत्कर्मतर्फ । राम्रो काम गर्नेलाई हौसला दिदै गलत काम गर्नेलाई सुधार्न कानुनको दायरामा ल्याउनु पर्ने अबस्था छ । विशेष गरि दाङमा जुवातास, लागूऔषध र वन्यजन्तुका अंगहरुको निकासी तथा कारोबारलाई रोक्नु प्रहरी सकृयतालाई थप बृद्धी गर्नुपर्ने देखिन्छ । अहिले प्रहरीको काम हेर्दा यस्ता घटनाहरु सधै भैरहने रहेछन तर अहिले आएर सकृयता देखाउदा त्यसको नतिजामा प्रहरीले राम्रो काम गरेको भान हुन्छ । यस्ता अपराधिक मनोवृत्ती भएका व्यक्तिहरुको संख्या बढ्दै जादा समाज नै खलबलिने देखिन्छ । यी कार्यहरुले समाजमा अन्य विकृतीहरु निम्त्याएका छन् । पैसालाई बढी महत्व दिदा यस्ता अपराधिक कार्यहरु बढेको छ । तर समाजलाई अपराधका बारेमा जानकारी नदिदा पनि कतिपयले डर भन्दा पैसाको लोभमा यी कार्यहरु गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

प्रहरी आफै बताउँछ कि पक्राउ पर्नेहरु त भरिया मात्रै हुन् । यसका मुख्य कारोबारी वा नाईकेसम्म त प्रहरीको पहुँच नै पुग्न सकेको छैन् । यति पैसा दिन्छु यस्तो काम गरिदिनु प¥यो भनेर लोभ देखाएर कारोबार तथा निकासी गर्दा मात्रै भरीया पक्राउ पर्छन् । प्रहरीले आफ्नै सुरक्षा संयन्त्रको प्रयोग मार्फत त्यस्ता कार्यमा ग्राहक बनाउने र उनिहरुलाई पक्राउ गर्ने गर्दछ । साथै समाजमा हुँदै आएका विभिन्न हिंसा, बलात्कार, कुटपिट, लेनदेन, चोरीलगायतका घटनालाई निरुत्साहित गर्न पनि सामाजिक सचेतनाको पाटोलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक छ । दाङमा प्रहरी प्रमुख आएको एक महिनामा अपराध नियन्त्रणमा गरेका काम उल्लेख्नीय र प्रशंसनिय छन् । तर सुरुमा तडकभडक बढी गर्ने र पछि सेलाउने गर्छन यी निकाय भन्ने पनि जनताको प्रश्न छ । प्रहरी मेरो साथी हो । हरदम साथ र सहयोग गर्छ भन्ने भाबनाको महशुस गराउन प्रहरीले आफुलाई अझै व्यवसायीक र अब्बल बनाउन आबस्यक छ । दोषि नछुटुन र निर्दोषले दुःख नपाओस भन्ने नै नागरिकहरुको चाहना हुन्छ । यसमा प्रहरीले कुनै आग्रह पुर्बाग्रह नराखेर पेशागत मर्यादालाई कायम राख्यो भने पक्कै पनि दाङ शान्त र अपराधमुक्त हुने छ ।

प्रतिकृया

प्रतिकृया