दाङको तुलसीपुरमा केही महिना अगाडी बहुला कुकुरको टोकाइबाट १२ जना घाइते भएका थिए । यता घोराहीमा केही दिन पहिले ३७ जनालाई कुुकुरले टोकेको थियो । अहिले घोराहीमा उपमहानगरपालिकाले कुुकुुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम चलाएको छ । अर्कोतर्फ कुुुकुुरले टोकी हाले निशुुल्क खोप लगाउने व्यवस्था राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरेको छ । रेबिज रोग मानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक ‘जुनोटिक’ रोग हो । यो रोगको विषाणुले मुख्यतया केन्द्रीय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने गर्दछ । यो रोग मानिसमा पनि लाग्ने हुनाले जनस्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई बिरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ । यो रोग ‘लिसा’ नामक भाइरसबाट सर्छ । यो रोगको सम्वाहक बहुला जनावरलाई नै मानिन्छ । यस्ता जनावरको ¥यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुँदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मस्तीस्कमा पुग्दछ ।

उक्त बहुला कुकुरको टोकाइबाट घाइते भएका बिरामीलाई रेविज विरद्धको खोपले मात्रै नभएर उनीहरुको जटिल अवस्था भएकोले ‘रेबिज इम्युनोग्लोबुलिन’ खोप लगाउन परेको थियो । दाङमा पछिल्लो समय कुकुर पाल्ने तर्फ मानिसहरु धेरै आर्कषित पनि भएको पाइन्छ । तर उनीहरुले कुकुर पाल्दा केके कुरामा ध्यान दिनु पर्छ भन्ने जानकारी विनानै कुकुर पाल्ने गरेका छन् । जिल्लामा भुसिया कुकुरको संख्या पनि उतिकै रहेको छ । जिल्लाका विभिन्न पालिकाहरुले पटक पटक भुसिया कुकुरलाई खोप पनि प्रदान गर्दै आएको छ । तर त्यसको प्रभावकारिता भने भएको देखिदैन् । रेविज रोगका विषयमा कुकुर पाल्ने नागरिकले पनि बुझ्न जरुरी छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण संक्रमितको ज्यान जान पनि सक्छ । त्यसैले कुकुरलाई पाल्दा सबै तथ्यको ज्ञान लिएर मात्रै पालौं । हैन भने पछि गएर पछुटाउनु बाहेक केही रहदैन् । जिल्लाका अस्पतालमा पछिल्लो समयमा विभिन्न समयमा कुकुरले टोकेर खोप लगाउन आउनेको संख्यामा वृद्धि भएका छन् । भुसिया कुकुरको संख्यामा कमी ल्याउन स्थानीय सरकारले विभिन्न समयमा पहलकदमी चाले पनि त्यसको प्रभावकारिता भएको पाइदैन् । र नागरिकले पनि रेविज रोगलाई सामान्य रोगको रुपमा लिएकोले यस्तो समस्या आउने गरेको छ ।

यदि समयमा स्थानीय सरकारले विभिन्न समयमा रेविजरोग विरुद्ध विभिन्न जनसचेतनामुलक कार्यक्रम, विभिन्न संचार माध्यमबाट सूचना प्रवाह, अन्र्तक्रिया कार्यक्रम लगायत गरेर सूचना प्रदान गरेको खण्डमा रेविज रोगबाट बच्न सकिन्छ । त्यस्तै विद्यालयका बालबालिकालाई रेविज रोगको बारेमा जानकारी दिन जरुरी छ । किनकी बालबालिकाले सानैदेखि विभिन्न खालका जनावरमा रुची राख्ने भएकोले यसो गर्दा रेविज रोग विरुद्धको अभियानले सार्थकता पाउने थियो । यसरी यस रोगको बारेमा सचेतना प्रदान गर्न सकेको खण्डमा नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धतालाई सार्थकतामा बद्लिन सक्षम हुन सकिने थियो र दाङलाई रेविज रोग विरुद्ध मुक्त जिल्ला घोषणा गर्न मद्दत गर्ने थियो । दाङका मुख्य बजारमा रहेका छाडा कुकुरलाई स्थानीय सरकारले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राख्न सकेमा पनि रेविज रोगको संक्रमणबाट बच्न मद्दत पुग्छ ।

प्रतिकृया

प्रतिकृया