घोराही
२७ चैत/ घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आधारभुत विद्यालय सवारीकोटबाट बार्षिक परिक्षामा झण्डै ९४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् ।

विद्यालयले बार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्दै विगतका बर्षहरु जस्तै यसबर्ष पनि ९३ दशमलब ८० प्रतिशत परिक्षा उत्तिर्ण भएको जनाएको छ । कक्षा १ देखी ७ सम्म कूल २ सय ६४ जना भर्ना भएका थिए

। २ सय ४२ जना परिक्षामा भएको भएको र २ सय २७ जना उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक बोधिप्रसाद पोख्रेलले जानकारी दिएका छन । १५ जना विद्यार्थी अनुत्तिर्ण भएका छन भने २२ जना विद्यार्थीले बिचमै कक्षा छाडेको विद्यालयले जनाएको छ ।


ADVERTISEMENT

  



कक्षा १ मा ५१ जना विद्यार्थी मध्य ३९ जना उत्तिर्ण, ७ जना अनुत्तिर्ण र ४ जना कक्षा छाड्नेमा परेका छन् । त्यसैगरी, कक्षा २ मा ४८ जना विद्यार्थी मध्य ३७ जना उत्तिर्ण, ५ जना अनुत्तिर्ण र ६ जना बिचकै कक्षा छाडेको प्रधानाध्यापक पोख्रेलले बताएका छन ।

कक्षा ३ मा ४५ जना विद्यार्थी मध्य ४२ जना उत्तिर्ण र ३ जना अनुत्तिर्ण भएका छन् । कक्षा ४ मा ३० जना विद्यार्थी मध्य २८ जना उत्तिर्ण र २ जना कक्षा छाड्नेमा परेका छन् । कक्षा ५ मा ३८ जना विद्यार्थी मध्य २९ जना उत्तिर्ण र ९ जनाले कक्षा छाडेका छन्

। कक्षा ६ मा ३४ जना विद्यार्थी मध्य ३३ जना उत्तिर्ण र १ जनाले कक्षा छोडेका छन् भने कक्षा ७ का १८ जना बिद्यार्थी सबै पास भएका छन् ।

प्रतिकृया

प्रतिकृया