विमल गौतम तुलसीपुर,
२८-साउन / तुलसीपुर उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका प्रअ हरुको भेला मंलवार तुलसीपुरमा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा संयोजक देवराज विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा वोल्दै मेयर पाण्डेले संस्थागत विद्यालयहरुले लक्ष्य निर्धारण गरेर दक्ष जनशक्ती उत्पादन गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।

पाण्डेले संस्थागत विद्यालयहरुले स्वस्थ्य प्रतिस्पर्धाका साथ अन्तरास्ट्रिय क्षेत्रमा विक्न र टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन आग्रह गरे । साथै पाण्डेले उपमहानगरपालिकाले पहिलो पटक नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा विद्यार्थी मुल्यांकन कार्यक्रम गर्न लागेको हुदा सहयोग गर्न आग्रह गरे ।


ADVERTISEMENT

 


पाण्डेले उपमहानगरले भारतमा र नेपालको वुढानिलकण्ठ तथा तराईको एक विद्यालयमा मात्र प्रयोग गरियको असर नामक मुल्यांकन पद्धति नेपालमै पहिलो स्थानिय तहको रुपमा यहाँ गर्न लागेको भन्दै यसले विद्यार्थीहरुको स्तर थाहा हुने र त्यसवाट नया रणनिति वनाउन सहयोग पुग्ने दावी गरे ।

त्यसैगरी कार्यक्रममा वोल्दै शिक्षा महाशाखा संयोजक देवराज विश्वकर्माले सस्थागत र सामुदायिक विद्यालय दुवैको उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु रहेको वताए । उनले असर टेस्टले संस्थागत र सामुदायक विद्यालय दुवैले धेरै भन्दा धेरै लाभ मिल्ने वताए ।

सस्थागतका २० हजार र सामुदायिक विद्यालयका १३ हजार विद्यार्थीमा असर टेष्ट गरेर त्यसको रिजल्टका आधारमा उपमहानगरले नया रणनिति वनाउने विश्वकर्माको जोड थियो । कार्यक्रमको संचालन श्रोत व्यति मुकुन्द रिजालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया