सन्तोष के सि, दाङ
२४ पुस/नेपाली चलचित्र छेत्रमा आकास श्रेष्ठ भन्ने बितिकै एक नेपाली मोडल र अभिनेताको रुपमा चिनिन्छन नेपाली सिने छेत्रमा युवापुस्ता माझँ लोकप्रिय अभिनेता हुन आकाश श्रेष्ठ, नेपाली चलचित्र छेत्रका अभिनेता आकाश श्रेष्ठकोे क्रेज लोभलाग्दो रुपमा क्याज भएको पाईन्छ ।

आफ्नो चकलेटी फेस म्युजिक भिडियो र चलचित्रहरु बाट लाखौं प्रशंसकका ढुकढुकी बनेका छन । आकास श्रेष्ठलाई नेपालि चलचित्र क्षेत्रमा चकलेटी हिरोका रुपमा चिनिन्छ । म त तिम्रै हुँ बाट नेपाली चलचित्रमा डेब्यु गरेका आकाश अभिनिति पाँच चलचित्रहरु म त तिम्रै हुँ, तिमीसँग, ब्ल्याक, रामकाहानी र ड्रिम गर्ल रिलिज भैसकेका छन । आकाशले अभिन्य गरेका पाँच फिल्ममा पाँच नायिकाहरु सग काम गरेका छन ।

आकाशले डेब्यु चलचित्र म त तिम्रै हुँ मा जोत्सना योगीसँग पहिलो पटक जोडी बाँधेका थिए, त्यस्तै उनले दोश्रो फिल्म तिमीसँग गत बर्षको चैत २१ मा पर्दशामा आएको थियो यस फिल्मबाट आकाशको कामले प्रशंसा नै पायो व्यापारिक रुपमा केही कमजोर बनेको यस फिल्ममा कलाकारको कामको भने प्रशंसानै भएको थियो यस फिल्ममा भने उनले अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग जोडी भएर काम गरेका थिए ।


ADVERTISEMENT

  



त्यस्तौ आकाशको तेस्रो फिल्म ‘ब्ल्याक’मा नायिका आँचल शर्मासँग रोमान्स गरेका थिए जुन फिल्म यहि बर्षको भद्र १ मा रिलिज भएको थियो, चौथो चलचित्र रामकाहानीमा आईपुग्दा उनले अहिलेकी चर्चित नायिका पूजा शर्मासँग स्कृन शेयर गरेका थिए ।

सो चलचित्रमा आकाश र पुजाको जोडी खुबै चर्चा भएको थियो, हामीले आकाशसगं कुरा गर्दा उनले अन्य चलचित्र भन्दा रामकाहानिले आफनो करियर अगाडि बढाउन निकै महत्वपुर्ण भुमिका खेलेको बताए ।  त्यस्तै आकाशले ड्रिम गर्लमा नव नायिका आश्मा गिरीसँग जोडी भएर काम गरेका थिए, आकाशले ५ फिल्ममा अभिनय गर्दा ५ फरक फरक नायिकासँग काम गर्नु संयोग मात्र रहेको मुसुक हास्दै आकाशले कुराकानिमा बताए तर आकाशले पाँच फरक फिल्ममा फरक फरक नायिकासँग रोमान्स गरेका छन ।

आकाशले अभिन्य गरेका सबै चलचित्रबाट उनको अभिन्यको राम्रै तारिफ र प्रशंसा हुने गर्दछ, तर प्रर्दशनमा आएका यी आकाशका चलचित्रहरु मध्य रामकाहानी बाहेक अरु चलचित्रले बक्सअफिसमा हिटको टयाक भिरेका छौन्न । चलचित्र रामकाहानीबाट आकाश संगै उनले चलचित्रमा गरेको कामको भने दर्शक र समिक्ष्यकहरुले राम्रै प्रशंसानै गरेका थियो । सोहि कारण फेरि पनि अर्को चलचित्रमा पुनः रामकहानी जोडीलाई पर्दामा देखन पाईने भएको छ ।

हुन त आकाश ड्रिम गर्ल रिलिज लगत्तै मिलन चाम्सले निर्देशन गर्ने फिल्म वीरविक्रम २ साइन गरेका थिए । तर, फ्लोरमा निस्किनु भन्दा केही दिन अगाडि उनले आफुलाई सानै देखि माया गर्ने, आफुलाई यो छेत्रमा सपोट गर्ने, हजारबुबा विरामी भएको कारण आफुले काम नगरेको कुराकानिमा बताए ।

तर आफुले निर्देशक मिलन चाम्ससंग अरु चलचित्रमा काम गर्ने बताए, अरुले गरे जस्तो हल्ला आफ्नो भागको सिन काटिएपछि फिल्म छाडेका हुन भन्ने चर्चा छ सिने क्षेत्रमा, निर्देशक चाम्सले अर्का अभिनेता नाजिर हुसेनलाई शक्तिशाली बनाएपछि आकाशले वीरविक्रम २ नगर्ने निर्णय लिएका थिए भन्ने कुरा हल्ला मात्र रहेको जानकारि दिएका थिए ।

यो फिल्म छाड्नुको कारण ‘सम्हालिन्छ कहिले मन’ पनि प्रमुख रहेको चर्चा छ भन्ने कुरा उनले स्वकारेन्न । रोचक कुरा के थियो भने, जुन दिन आकाशले वीरविक्रम २’ छाडेको जानकारी दिएका थिए त्यही दिन पूजाले ‘सम्हालिन्छ कहिले मन’ साइन गरेकी थिइन, के यो संयोगमा मात्र हो भन्दा आकाशले संयोगमा मात्र रहेको बताए, जे भए पनि पुनः रामकहानी जोडीलाई पर्दामा हेर्न पाउनु दर्शकका लागि भने खुसीको कुरा हो ।

लभस्टोरी फिल्म बनाउन सिपालु सुदर्शन थापाले निर्देशन गर्ने नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ स्टारकास्टका कारण केही समयदेखि चर्चामा छ । अहिलेकी ’हटकेक’ पूजा शर्मा लिड रोलमा रहने फिल्ममा नव–नायक सोनम तोप्देन पनि अनुबन्ध भइसकेका छन । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण हुँदैछ । फिल्ममा दुई हिरो हुने निर्देशक सुदर्शन थापाले बताउँदै आएका थिए । एक नायक सोनम हुने फाइनल भए पनि दोस्रो नायकको नाम निर्माण टिमले लुकाउँदै आएको थियो ।

केही दिन अगाडि मात्र फिल्ममा आफु अनुबन्ध भएको हामि संगको कुराकानिमा आकाशले स्वकारेका छन, फ्लोरमा जानुभन्दा केही दिन अगाडि साइन गरेको फिल्म ’वीरविक्रम २’ छाडेका उनले कुराकानिमा १२ लाख ५० हजार पारिश्रमिकमा ‘सम्हालिन्छ कहिले मन’ साइन गरेको र फिल्मी खेल्न तयार भएकोे जानकारी दिए, यसअघि सुदर्शनले यस वर्ष प्रदर्शनमा आएको फिल्म ’रामकहानी’ मा उनलाई हिरो बनाएका थिए ।

अब आकाश र सुदर्शन दोस्रो पटक सहकार्य गर्दैछन, सुदर्शन, आकाश भन्दा अगाडि फिल्ममा अभिनेता आर्यन सिग्देल लिने सोचमा थिए । तर, उनी विकासराज आचार्यको नयाँ फिल्म ’हजार जुनीसम्म’ मा अनुबन्ध भएपछि सुदर्शनले आकाशलाई पूजाको हिरो बनाउन लागेका हुन । धेरैपछि सुदर्शन र पूजाले बाहिरी ब्यानरको फिल्म गर्न लागेका हुन, ‘सम्हालिन्छ कहिले मन’ लाई अमित कुमार बस्नेत र अजित कुमार थापाले निर्माण गर्दैछन ।

फिल्ममा १५ लाख पारिश्रमिक लिएको एग्रिमेन्ट पेपर पूजाले सार्वजनिक गरिसकेकी छन । नव नायक सोनमले भने साढे ८ लाख पारिश्रमिक बुझेको खबर प्राप्त छ । फिल्ममा सरोज खनाल पनि फाइनल भइसकेका छन, फिल्म एक हप्ता पछि फलोरमा जाने आकाशले जानकाकरि दिएका छन । कुरा आकाशकै आम मानिस माझ अझै पनि परिचित छैनन । युवापुस्ताको एक घेरामा मात्र उनी सीमित रहेका कलाकार हुन ।

उनि हरेक वर्गका दर्शकमाझ पुग्न उनले आफूलाई परिमार्जित गर्दै लैजान अत्यन्त आवश्यक रहेको देखिन्छ । कलाकार भएपछि भर्सटायल हुनसक्नु पर्छ, यदी अर्को वर्ष उनको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएको खण्डमा उनि आफुलाई परिमार्जित गरि आफनो कलात्मक शैलिलाई उहि पुरानै ढर्रा माया प्रेम र रोना धोना मात्र होईन अल्क धारको प्रस्तुति दिन आबस्यक छ । होईन भने आकाशको लोकप्रियतामा ठूलो धक्का पुग्ने पक्का देखिन्छ ।

प्रतिकृया

प्रतिकृया