शिव पुन, तुलसीपुर
२१  जेठ/ सन्तोष सेनले निर्देशनमा डेब्यु गर्न लागेको सुपरहिट फिल्म “प्रेम गीत”को तेस्रो सिरिज “प्रेम गीत-३” मादाङ तुलसीपुरकि दिव्यानी ओली पनि प्रेमको गीत बन्ने तयारी गरिरहेकी छिन्।

फिल्म “प्रेम गीत-३”को “गीत” अर्थात् मुख्य नायिकाको लागि परेका २७१४ जनाको आवेदनबाट अडिसनका लागि छानिएका टप २५ को लिस्टमा दिव्यानी पनि अटाएकी छिन् ।

सानै उमेरदेखि गीत गाउन,नाटक र नृत्य गर्न निकै रुचि राख्ने दिव्यानीको जिल्लामा हुने विभिन्न स्टेज कार्यक्रममा पनि बलियो उपस्थिति हुने गर्दथ्यो। दिव्यानी संगै अडिसनका लागि छानिएका २५ जना मोडलहरुमध्ये कति पहिला नै पर्दामा देखिइसकेका छन् भने केहि अनुहार नयाँ रहेका छन् ।


ADVERTISEMENT

  


 


हाल निर्माण टिम अडिसनका लागि छानिएका २५ जना मोडलबाट प्रेम संग फिट हुनेसक्ने “गीत”को खोजिमा रहेको छ। जसमध्ये दिव्यानी सहित अन्य केही मोडलले हिजोसम्म विभिन्न राउण्डमा प्रेमको गीत बन्नको लागि अडिसन दिइसकेका छन् । सबैको अडिसन सकिएपछि फाइनल “गीत”को नाम सार्वजनिक गरिने अर्का निर्देशक छेतन गुरुङले बताए।

प्रेमको गीत बन्नको लागि तीव्र प्रतीक्षामा रहेकी दिव्यानी ओली करिब १ वर्षदेखी राजधानीको एक थिएटरमा नाटक गर्दै आएकी छिन्। आफुलाई नायक प्रदिप खड्काको डाइहार्ट फ्यान बताउने दिव्यानी राजधानीमा हुने विभिन्न र्याम्प वर्कमा सहभागी हुने तथा मोडलिङ र फोटोसुट पनि गर्ने गर्छिन् ।

प्रतिकृया

प्रतिकृया