शिव पुन, दाङ
२३-जेठ /  दंगाली निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसंगको सहकार्यमा निर्माण गरिरहेको फिल्म ‘छ माया छपक्कै’ को  ४० प्रतिशत छायांकन सकिएको छ ।

अहिले सिन्धुली र काभ्रेको सिमानामा छायांकन भैरहेको छ । त्यहाँ सकिएपछि बाकी छायांकन काठमाडौ हुनेछ ।

घामपानी, फेम्ड निर्देशक दिपेन्द्र लामाले एक्सन कट गरिरहेको उक्त फिल्म अधिकारीले निर्माण गरेको दोस्रो हो । रोहितले २०७३ सालमा युवा स्टार अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई लिएर फिल्म गाजलु निर्माण गरेका थिए ।


ADVERTISEMENT

 


जुन फिल्म व्यवसायिक रुपमा पनि सुपरहिट भएको थियो । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको संयुक्त ब्यानरमा निर्माण भैरहेको फिल्ममा दीपकराज गिरी,केकी अधिकारी, केदार घिमिरे ‘माग्ने बुढा’ जितु नेपाल,सुपुष्प भट्ट, प्रकाश घिमिरे,अनुराग कुवँर, रमा थपलियालगायतका कलाकारको मूख्य भूमिका रहेको छ ।

वर्ष २०७६ को दसैंका लाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको छ । जसमा हरि हुमागाईको छायांकन,रोशन श्रेष्ठको द्वन्द्व र दीपक शर्माको संगीत रहेको छ ।

ब्लकबस्टर फिल्म निर्देशनमा ह्याट्रीक गरिसकेकी दीपाश्री निरौला सल्लाहकार निर्देशक रहेकोे फिल्ममा निर्देशक दिपेन्द्र लामाको कथा तथा दीपकराज गिरीको पटकथा रहेको छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको । जसमा दीपकराज गिरी,जितु नेपाल,केदार घिमिरे र अभिमन्यु निरबीले मिलेर लेखेका हुन् ।

प्रतिकृया

प्रतिकृया