तुलसीपुर
१६ असार/ राष्ट्रियसभा सदस्य कोमल ओली र उनकी बहिनी प्रज्ञा ओली‘शरद’ले यस बर्ष पनि संयुक्त तीज गीत बजारमा ल्याएका छन् ।

सोमबार सांसद ओलीले आफ्नो ब्यक्तिगत युट्यूव च्यानल मार्फत ‘छड्के तिलहरी’ गीत सार्बजनिक गरेकी हुन् ।

ओली दिदी बहिनीले चारबर्षदेखि संयुक्त रुपमा तीज गीत बजारमा ल्याउने गरेका छन् । यस बर्ष पनि मौलिकता झल्किने तीजको गीत बजारमा ल्याएको सांसद ओलीले तुलसीपुर अनलाईनलाई प्रतिक्रिया दिईन् ।


ADVERTISEMENT

 



जसमा कोमल र प्रज्ञाले श्वर तथा अभिनय गरेका छन् । भने लय एकनारायण भण्डारीको रहेको छ । जुन गीतमा बर्षदिनको तीजमा दिदी बहिनी भेट हुने र दिदी बहिनीबीचको माया साटासाट हुने कुरालाई समेटिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।

प्रतिकृया

प्रतिकृया