तुलसीपुर
२० असार / गायक तथा संगीतकार करण न्यौपानेले  तिज गित ‘सँगी ’ बोलको गित बजारमा ल्याएका छन ।

नेपाली गित संगीतमा तीज गितको  छुट्टै स्थान रही आएको छ, सोही अनुसार दाङको गौरिगाउमा  जन्मेका बहुप्रतिभाका धनी करण न्यौपानेले तिज गित ‘सँगी ’ नामक तीज गित लिएर आएका छन्  ।

सोमबार युट्यूव च्यानल मार्फत  ‘सँगी’ गीत सार्बजनिक गरेका हुन ।करण न्यौपानेको शब्द संगीतमा रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गलबन्दीकि अञ्जलि अधिकारीको उत्कृष्ट अभिनय देख्न पाइन्छ भने देवेन्द्र क्षेत्रीले साथ दिएका छन् ।


ADVERTISEMENT

 



शंकर बिसीले निर्देशनमा दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यस अघि विभिन्न नेपाली लोक गीत तथा तीज गितमा शब्द, संगीत तथा स्वर दिइसकेका करण न्यौपानेले यसपालीको तीजमा ‘सँगी’ले स्रोताको मन जित्ने दाबी गरेका छ्न ।  

तिज गीतहरु बजारमा आउने क्रममा यो गितले राम्रै बजार पाउने आसा गरेको तुलसीपुर अनलाईन लाई बताएका छन  । 

प्रतिकृया

प्रतिकृया