घोराही,
१४-साउन /  सधै ठट्यौली पारामा प्रस्तुत हुने र सबैको भावनालाई सम्मान गर्दै आफुलाई हरेक क्षेत्रमा प्रस्तुत गराउन सक्ने नाम हो केएल पिडित ।

मेहनती र मिजासिला पत्रकार हुन पिडित । उनको विभिन्न समयमा परिचय फेरीदै आउने गरेको छ । कहिले पत्रकार, कहिले साहित्यकार, कहिले चलचित्रकर्मी त कहिले गितकार ।

उनै पिडित हुन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकी । उनले अहिले सन्देशमूल तीजगीत सार्वजनिक गरेर आफ्नो समाजमा नयाँ परिचय थपेका छन् ।

 



ADVERTISEMENT

  


 


रंगमञ्चमा बिषेश रुचि राख्ने र त्यस तर्फ कलम तथा कला चलाउने पिडितले यो साल चेलीहरुलाई तीजमा नयाँ कोशेली लिएर आएका छन् । बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत उनले मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरेका हुन् ।

पहल नेपालको प्रस्तुती रहेको यस गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सदभाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । चलचित्र लालसलामकी नायिका प्रेमा गैरे सहित यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अंजु बस्नेत सहितका कलाकारहरुले नृत्य गरेका छन् । पीपल चौतारामा खिंचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

संचारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको यस गीतका संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ । मोडल एवं नृत्य प्रशिक्षक रिचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायाँकन कृष्ण जीएम र सम्पादन मेक बहादुर थापाले गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया