तुलसीपुर
२४ साउन / दाङका सञ्चारकर्मी तथा गायक एवं संगीतकार प्रेम विवश घर्तीको तीजगीत ‘खुट्टी हल्लाईदेउ’ बजारमा आएको छ ।

घर्तीले विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि तीज गीत बजारमा ल्याएका छन् ।

२०६२ सालमा रेडियो नेपालबाट लोक गीत विधामा स्वर परीक्षा उत्तीर्ण गरेका घर्तीले २०६३ सालबाट लोक तथा दोहोरी गीत बजारमा ल्याउने गरेका छन् । तर तीज गीत भने २०७१ साल देखिमात्रै बजारमा ल्याउन थालेका हुन् । त्यस यता उनले नियमित तीजगीत बजारमा ल्याउने गरेका छन् ।

 



ADVERTISEMENT

  


 


यस बर्ष आएको गीत पनि नाचौं, नाचौं लाग्ने छ । प्रेम विवश घर्ती र शान्ता घर्तीको संयुक्त प्रस्तुतिमा बजारमा आएको मौलिक तीज गीतमा चर्चीत गायक तथा मोडल सन्दिप न्यौपाने र अफ्सना थापाले अभिनय गरेका छन् । गीतलाई साहारा फिल्मस एण्ड इन्टरटेन्मेन्टले बजार मा लिएको छ । उक्त गीतको लय तथा शब्द गायक घर्तीले आफै गरेका छन् ।

यस अघि उनले ‘दामी दामी मैयाको झक्कास झक्कास नाचो , छोटो छोटो चोली , मायाको बासना , मादलु तालैले नाच्ने गरायो’लगायतका तीज गीत बजारमा ल्याएका थिए । उनले यस अघि बजारमा ल्याएको देश भक्ति गीत पनि निकै रुचाईएको थियो ।

प्रतिकृया

प्रतिकृया