मिना खड्का,तुलसीपुर
मिचिएकै छु, मिचिरहन्छु
तिमिले हेरिरहेकै छौ हेरिरहनु यसैगरि
आफ्नो छिमेकिले
एक ईन्च जमिन हडप्दा
कोलाहल मच्याउने तिमिलिाई
कुन्नि थाहा छ ? कि छैन ?
तिमिलाई याद हुनुपर्ने
तिम्रो देश मिचिनु नै
तिमि पनि मिचनिु हो भनेर ।
कुन्नि थाहा छ कि छैन तिमिलिाई ?
यदि जानकार हुन्थ्यौ भने यो विषयमा
कुर्लिन्थ्यौ सायद यि सहरमा ति बस्तिमा ?
लिम्पियाधुरा, लिपुलेक बारे
केहि जानेका छौ भने,
जानिराख म खुम्चिरहेको
र सानो हुदैँ गएको पनि
म नेपालि हुँ भन्ने जानिजानि चुपचाप
मेरो स्वाधिनता र स्वतन्त्रता
माथि बेलाबेला हस्तक्षेप भइरहेको
तिमि दर्शक बनिरहेका छौ ।
बनिरहेउ भने सधैँ युै गरि
म , म रहने छैन तिमि,
तिमि रहने जो छैनौ,
मेरो अस्तित्व सकिने छ
र सँगै तिम्रो पनि ,
नेपाल हुदाँसम्म त हो,
नेपाली रहने पनि
तिमि रहन म रहनुपर्छ ।।

प्रतिकृया

प्रतिकृया