क्षितिज खनाल
बिश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड –१९) का कारण अहिले लगभग ९५ प्रतिसत भन्दा बढी मुलुकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित छन । नेपालमा पनि महामारिनै नभएपनी रास्ट्र यसबाट अछुतो भने रहन सकेको छैन । अनिश्चितकालका लागी जस्तै गरि तोकिएको लकडाउनले हामी कोरोनाबाट त केहि हदसम्म सुरक्षित छौ , तर मानसिक स्वास्थमा चाही यसले गम्भिर चुनौती निम्त्याउन सक्ने मनोबैज्ञानिकहरु बताउछन ।

यसको मुख्य असर बालबालिकामा पनि पर्न सक्ने सम्भावना पनि उत्तिकै छ । यसै त ग्याजेडट्स र प्रबिधिको कारण बिस्तारै असामाजिक जस्तै हुदै गैराखेका बालबालिकाहरुमा अब त झन बिहानबेलुका बाहिर निस्केर खेल्न नसक्ने बाध्यता रहेको छ ।

तर यतिबेला एउटा प्लस पोइन्ट के छ भने प्राय अभिभावक ब्यापार र जागिर बन्द भएका कारण परिवारलाइ प्रशस्त समय दिन पाइराखेका हुन्छन ।बालबालिकाहरुलाइ घरकै गेट भित्र राखेर पनि केहि राम्रा कुराहरु सिकाउन र सिर्जनात्मक रुपमा तिखार्न सकिने केहि उपायहरु यसप्रकार रहेका छन :

१) स्वास्थ्यपरक ब्यबहार सिकाउने : यतिबेला बालबालिकाहरुले झुक्किएर होस या जानिजानी मुख्यगरी सुन्ने समाचार भनेका कोरोनाको कारण यति जनाको मृत्यु यति संक्रमित जस्ता हुन। यसले गर्दा उनिहरुको मनमा यससम्बन्धी जिज्ञासा् बढ्ने देखिन्छ । यहि अवस्थालाइ हामिले मौका बनाएर उनिहरुलाइ हामिले साबुन पानीले हात धुनुपर्ने , सफा रहनुपर्ने , पानी प्रशस्त पिउने बानिले कोरोना लाग्ने सम्भावना कम हुन्छ भन्ने कुरा सिकाएर ब्यबहारिक रुपमा उचित स्वास्थ्यकोलागी उचित बानिको बिकास गर्न सक्छौ ।

२) उनीहरुले जानेको कुरा अरुलाइ सिकाउन लगाउने : बालबालिकाहरु आफुले जानेको सिकेको कुरा अरुलाइ सिकाउन बुझाउने एकदम सक्रिय देखिन्छन । यहि आदतलाइ अभिभाबकले सहि सदुपयोग गरेर परिवारमा रहेका अन्य पढ्न नआउने सदस्यहरुलाइ पढाउन लगाएर उनिहरुको अभ्यास र सिर्जनाको लागी उचित बाताबरण दिन सक्छन । जस्तो हजुरबुवा हजुरआमा अथवा पढ्नै नआउने ब्याक्तीलाइ उनिहरुको नाम लेख्न सिकाउने जिम्मा हामी बालबालिकालाइ दिन सक्छौ । यसले गर्दा उनिहरुको परिवारसङको निकटता पनि बढ्नेछ ।

३) आध्यात्मिक कुराहरु सिकाउने : हामिले आफुले जाने भोगेका र उनिहरुले बुझ्न सक्ने जति जिवन जगत र धर्मकर्मका सकारात्मक पाटोहरु उनिहरुलाइ सिकाउने यो नै उत्तम फुर्सदिलो समय हो ।यतिबेला उनिहरुको दिमागमा पढाइको बोझ पनि नहुने हुदा हामिले सिकाएका कुराहरु उनिहरुको दिमागले सजिलै समाउन सक्छ ।

४) नातागोताको परिचय : ब्यस्त जिवनशैलिका कारण हामी हाम्रो बालबालिकाहरुलाइ उनिहरुको सम्पुर्ण नातेदारहरुसङ चिनजान गराउन दशैनै कुर्नुपर्ने हुन्छ । यो लकडाउनको समयमा हामिले फोटो , भिडियोकल र अन्य माध्यमबाट उहा तिम्रो यो पर्नुहुन्छ भनेर बुझ्ने भाषामा सिकाउन सक्नुपनी हाम्रो एउटा उपलब्धि नै हुनेछ र बालबालिकाहरु सामाजिक रुपमा पनि बाठो देखिनेछन ।

५) ग्याजेड्ट्स्को लागि निश्चिति समय : अहिलेका बालबालिकाहरुलाइ ग्याजेड्ट्स र ईन्टरनेटबाट टाढा राख्न खोज्नु एकदमै गार्हो त हुन्छ नै , यो बिज्ञान र प्रबिधिको युगमा उनिहरुलाइ पुर्णरुपमा त्यसबाट टाढा बनाउन खोज्नु हाम्रो मुर्खता नै ठहरिने छ। तर पनि त्यसको बढि प्रयोग रोक्नको लागी हामिले रुटिन जस्तो बनाइदिएर यति बजेदेखी यति बजेसम्म चलाउने भनेर बानी पार्न सक्नुपर्छ ।

६)ईन्टरनेटको खोजमुलक प्रयोग : हामिले अहिले फुर्सद्को समयमा आफै निगरानी गरेर बालबालिकाहरुलाइ ईन्टरनेटको दुनिया गेम र कार्टुनभन्दा पर पनि केहि छ है भनेर सिकाउन सक्छौ । प्रकृती , बिज्ञान र अन्य रोचक रहस्यमय समाचारहरुको अम्मल उनिहरुमा पार्न सकेउ भने लकडाउन केहि उपलब्धिमुलक मानिनेछ ।

७) सिर्जनात्मक अभ्यास : बालबालिकाहरुलाइ कथा कबिता गित सुनाउने लेख्न लगाउने जस्ता काम बाट पनि मनोबैज्ञानिक रुपमा स्वस्थ बनाउन सकिन्छ

८) राम्रो नराम्रो व्यबहार छुट्टाउन सिकाउने : बालबालिकाहरुको दिमाग काचो माटो जस्तै हो र भाडा कस्तो बनाउने भन्ने निर्णय लिने ू कुमालेू चाही हामी हौ । हामिले अहिले देखी नै उनिहरुलाइ गालिगलौज, लागुपदार्थ दुब्र्यसनि, लैङिक बिभेद जस्ता विषयमा उनिहरुले बुझ्न सक्ने जति शिक्षा दिन सकेउ भने भोली अलिकती भएपनी सकारात्मक असर पर्ने देखिन्छ । हामिले उनिहरुलाइ सस्कारिक ब्यबहार हरु सिकाएर सामाजिक रुपमा सकृय बनाउन सक्छौ । यि सबै तरिकाहरु लकडाउनको बेला मात्रै नभएर फुर्सदको बेला जुनसुकै समयमा पनि हामिले प्रयोग गर्न सक्छौ ।

(लेखक खनाल दाङ तुलसीपुर निवासी हुन् । उनी जनस्वास्थ्य स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन् ।)

प्रतिकृया

प्रतिकृया