. चाईनाबाट आई तिमि संसार भरी छायौ ।
भन तिमिले अहिले सम्म कति मान्छे खायौ ।।
ADVERTISEMENT
. कसरी हो आयौ तिमि विश्वभरि छाउन ।
प्रदेशीले पाको छैन आफ्नो घर आउन ।।
. तिम्ले गर्दा भरीपेट खान पाको छैन ।
स्कुल, डिउटी, मन्दिर तिर जान पाको छैन ।।
. आफन्तलाई भेट्दा पनि डर मान्नु पर्ने ।
कस्तो होला छुदा पनि कोरोना रैछ सर्ने ।।
. संगै साथमा भाको भए खुसी हुने थियौँ ।।
ए कोरोना तिमिले यस्तो के –के गरी दियौँ ।
. विरामी छन धेरै जना, धेरै मान्छे मरे ।
संसारमा सबै जना लकडाउनमा परे ।।
. कुन दिनमा आयौ तिमि , के भई दियौ अहिले ।
भन अव संसारबाट जान्छौ तिमि कहिले ।।
लेखिका : झुमा सुन्दास ( झापा )
हाल : भारत