प्रिया स्मृती गजमेर,दाङ 
२६ असार/ हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज शुरु भए सङ्गै तिज गित पनि बजारमा आउन शुरु भैसकेका छन । नाम चलेका कलाकारहरु यति बेला निकै ब्यस्त छन । विश्व पुरै कोरोना भाइरसका कारण अस्तब्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरु स्रोता सामु पुर्याई रहेका छन ।


                                                                                 ADVERTISEMENT



पछिल्लो समयमा गित सङ्गितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै उतारी तिज गित बनाएर दर्शक र स्रोता माझ लिएर आएकी छन ।

मैना रेश्मीको तीज गीत ‘निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ गायक चन्द्र शर्माले भने ।

लोक तथा दोहोरी गायिका मैनाले गित सङ्गितमा नाम चलेका चन्द्र शर्मा,पुश्कल शर्मा,खेम सेन्चुरी,नेत्र अर्याल,दुर्गेस थापा लगायतका कलाकार सङ्ग काम गरिसकेकी छन । गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी सङ्ग अब्बल कला छ्न मैना सङ्ग ।

निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनितामी परियारको स्वर रहेको छ ।गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ ।त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ ।गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिकृया

प्रतिकृया