प्रिया स्मृती गजमेर, दाङ
२ साउन / खष भाषामा सबैको फेसबुक म्यासेन्जरमा पठाएर चकित पार्ने सल्यानी कलाकार कुल बहादुर ओलीले सरकारलाई खबरदार गर्दै गाईजात्र विशेष गित स्रोता सामु लिएर आएका छन् । उक्त गीतमा गायक कुल बहादुर ओलीलाई गायिका राधिका हमाल र रबिन लामिछानेको साथ रहेको छ ।


                                                                                 ADVERTISEMENT



“अई तेरा बा दान ए डेंगु आइगो” स्यु स्यु स्यु स्यु,,,,,,,
धेरै स्रोतालाई जानकारी नै छैन त्यो अडियो बनाएर सबैको सामाजिक संजाल फेसबुकको म्यासेन्जरमा पठाउने कलाकार कुल बहादुर ओली हुने भनेर । यो अडियो नसुन्ने सायदै कम होलान । यो अडियोमा बोल्ने अरु कोहि नभएर सल्यानी गायक तथा सर्जक कलाकार कुल बहादुर ओली हुन् । डेंगु रोगका बारेमा पनि सुचना मुलक अडियो सबैको फेसबुक म्यासेन्जरमा पठाएका थिए उक्त अडियो सबैले खुबै मन पराएका थिए ।

सल्यानी गायक कुल बहादुर ओलीले गाईजात्रा बिषेस गित “खबरदार सरकार झम झम रुमालमा” बोलको गित लिएर श्रोता दर्शक माझ आएका छन् । पछिल्लो समय खस भाषाको सुचना मुलक अडियो साथीहरुको सामाजिक संजालमा पठाएर सबैको मन जित्न सफल भएका सल्यानी कलाकार ओलीले यो बर्ष भने देशको समसामायिक राजनीतिलाई गतिलो ब्यांगे प्रहार गर्दै गाईजात्रा गित ल्याएका छन् ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ३ बारापुरमा जन्मिएका कलाकार ओलीले नेपाली गित संगीतमा धेरै योगदान गरेका छन् । जिल्लामा हाई स्कुल सकाएर उच्च शिक्षा लिनका लागि ओली सल्यानबाट काठमाण्डौ लागेका थिए । सल्यानमा जन्मिएर कर्मथलो राजधानी काठमाण्डौ बनाएका उनले २०६४ साला तिर तिमि मेरै हौ यो चोलामा बोलको गित बजारमा ल्याएका थिए ।

उनि गायन क्षेत्र तर्फ मात्र नभएर अभिनयको क्षेत्रमा पनि उत्तिकै झुकाब राख्ने गर्दछन । सल्यानमा हुँदा उनले स्थानीय एफएम रेडियोमा सांगीतिक कार्यक्रम पनि संचालन गरेको उनीमा गतिलो अनुभव छ, जसले गर्दा २०६६ साल तिर रेडियो नेपालबाट प्रशारण हुने “दिनप्रतिदिन” नामक नाटकमा आवाज दिन सहज भएको उनको भनाई छ ।

राजधानीको बसाईलाई केहि समय सम्म सकसमा बिताएर अहिले केहि सहज भएको बताउदै गित संगीतलाई पनि निरन्तरता दिदै आएका छन् । पहिलो पटक लोक दोहोरी गित बजारमा ल्याएका ओलीले दोस्रो पटक भने “सुनमुल्कौ दुनियाँले” बोलको सल्यानी टप्पा गित ल्याए । उनको त्यो गित यस क्षेत्रका स्रोताले खुब रुचाए । त्यस पछी उनीमा गित गाउने अझै जागर चलेको बताउछन ।

गित गाउदै जाँदा अब गायक हुनका लागि भोकल र संगीत सिक्नु पर्दो रहेछ भनेर क्लास लिए जसले गर्दा गित गाउन अझै सहज भएको छ ओलीले भने । उनले केहि बर्ष काठमाण्डौका दोहोरी साँझमा जागिर पनि गरे । स्रोताको मन जित्दै गएपछि उनको गित गाउने क्रम निरन्तर चलिरहेको छ । सुन को भाउ तोलामा, पागल हुदैछु, आधा जीवन, बरबर आसु झर्याे, नेपालको माटो, मोया कता छौ लगायतका गितहरु स्रोता सामु ल्याई सकेका छन् ।

गित संगीतमा आएको बाढीले गर्दा गित संगीतबाट मात्र चिनिन गाह्रो हुने छाँट देखे पछि सल्यान जिल्लामा बोलिने मौलिक खष भाषाको संरक्षण र सम्बर्दन पनि हुने भएकोले यो भाषा तिर आफुले चासो दिदै आएको उनले बताए । जब कलाकार कुल बहादुर ओलीले अर्को एक जना महिला साथिसंग खष भाषामा संदेश मुलक कुराहरु रेकर्ड गरेर सामाजिक संजालमा पठाउन शुरु गरे तब उनि भाइरल भए । धेरै जसोले यस्तो भाषामा बोल्ने कुन मान्छे हो भनेर सोधखोज पनि गर्न थाले र चासोको बिषय पनि बन्यो ।

कलाकार कुल बहादुर ओली र ममता खड्का र बिमला बुढाले आवाज दिएर खष भाषामा बोलेका अडियो म्यासेजहरु निकै भाईरल बन्दै गएपछि यो भाषालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अहिले त्यस भाषाका किताबहरु अध्ययन गरिरहेको ओलीले बताए । आफ्ना पुर्बजले बोल्ने भाषा कतै लोप हुनेको होकी भन्ने चिन्ता पनि रहेको उनले बताए ।

पछिल्लो समयको गाईजात्रा गित पनि खष भाषामा नै बजारमा आएको छ । उक्त गीतलाई गोर्खाचौतारि म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिकृया

प्रतिकृया