प्रिया स्मृती गजमेर,लमही
१६ साउन /संचारकर्मी पिताम्बर रिजालको शब्दमा तयार परिएको तिज गित “तिजैको बेला” बोलको गित बजारमा आएको छ। हरेक वर्ष जस्तै यो वर्ष पनि आम श्रोताका लागि रिजालले लोक सस्कृति र मौलिकता झल्किने खालको गित बजारमा लिएर आएको बताए ।


                                                                                 ADVERTISEMENT



पिताम्बर रिजाल संचारकर्मी मात्र नभएर गायक र शब्द सर्जक पनि हुन् । उनि दाङ्गको घोराही स्थित रेडियो स्वर्गद्वारी एफ एम मा लामो समय देखि समाचार वाचक र कार्यक्रम संचालकको रुपमा काम गर्दै आएका छन् । त्यस्तै उनि शिक्षण पेशामा समेत आबद्द छन्। खासगरी रिजाल हास्यब्यंगे तर्फ बढी चासो राख्ने गर्दछन। कुनै बेला रिजाल दोहोरी गाउन कार्यक्रममा भाग लिएर टोलीको नेतृत्व गर्दै पूर्व मेची देखि पश्चिम काली सम्म पुग्ने गर्दथे ।

हरेक साल जस्तै यो वर्ष पनि संचारकर्मी पिताम्बर रिजालले नेपाली मौलिकता झल्किने तिज गित लिएर आएका हुन् । उनका शब्दमा हसाउने नचाउने र रमाइलो प्रदान गर्ने भाव समेटिएका हुन्छन । यस गीतको अडियो बजारमा आइसकेको भन्दै गत वर्षको तिज गित जस्तै यो पटकको तिज गितलाई पनि माया गर्नु हुनेछ भन्ने बिश्वास लिएको रिजालले बताए ।

यादव नाथ योगीको संगीतमा तयार भएको यस गीतमा पिताम्बर रिजालको शब्द रहेको छ भने स्वर यादव नाथ योगी र रिता केसीको रहेको छ । त्यस्तै झलक संगीतमको संगीत संयोजन रहेको छ । यस गीतमा चर्चित हास्यब्यांगे कलाकार कमल गाउँले र चाहाना झाक्री मगरको मुख्य भूमिका रहने छ भने यादव नाथ योगी, पिताम्बर रिजाल, सोनु महतरा, सुरज पाण्डे र स्थानिय कलाकारलाई पनि देख्न सकिने संगीतकार यादव नाथ योगीले जानकारी दिए ।

कति सधै जिल्ला बाहिरका दृश्य मात्र श्रोता दर्शकलाई देखाउने अब आफ्नै डाडा काडा, पाखा पखेराको दृश्य पनि देखाउन भनेर आफ्नै ठाउँमा छायांकन गर्न लागेको रिजालले बताए । यस गितको छायांकन जिल्ला बाहिर गर्ने योजना भएपनि बिश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामै गर्नु परेको रिजालले बताए।

संचारकर्मी र गायक तथा सर्जक पिताम्बर रिजालले तयार पारेको यो वर्षको तिजैको बेला बोलको गीतको छायांकन भोलि शनिवार गायक तथा संगीतकार यादव नाथ योगीको निवास लमही नगरपालिका वडा नम्बर ८ स्थित निवासमा हुने भएको हो।

प्रतिकृया

प्रतिकृया