तुलसीपुर 
५-कार्तिक / हिन्दुहरुको महान पर्व बडादशै शुरु भए संगैबिभिन्न गित संगीत बजारमा आउन शुरु भैसकेका छन । नाम चलेका कलाकारहरु यति बेला निकै ब्यस्त छन । विश्व पुरै कोरोना भाइरसका कारण अस्तब्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरु स्रोता सामु पुर्याई रहेका छन ।


                                                                                 ADVERTISEMENT



पछिल्लो समयमा गित संगीतमा पनि विकृति विसंगति बढ्दै गैरहेका बेला युवा गायक शम्भु धितालले आम श्रोताका लागि  लोक सस्कृति र मौलिकता झल्किने खालको गित बजारमा लिएर आएका छन ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.१२ कचिलीमा जन्मिएका शम्भु धितालले गितमा विसुद्द मायाप्रेमको कुरा राखेका छन ।गितमा गाउले ठेट भाषालाई प्रयोगमा ल्याई समाजमा व्यापक रुपमा रहेको जातिय छुवाछूत र भेदभावलाई गित मार्फत चित्रित गरेका छन । शम्भु धितालको गीत ‘पिरतीको भिसा’ यहि शनीबार मात्र सार्वजनिक भएको हो । 

‘पिरतीको भिसा’  बोलको गीतमा शम्भु धितालका साथै बहुचर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा शम्भु धितालको शब्द छ । त्यसैगरी शम्भु धितालका साथै बहु चर्चित दोहोरी गायक-मोडल  प्रकाश सपुत, रमा थपलिया,अस्मिता ढकाल  लगायतको दम्दार अभिनय रहेको छ । गीतलाई गायक शम्भु धितालको आफ्नै युट्युव च्यानल (Shambhu Dhital)बाट सार्वजनिक गरिएको हो ।https://www.youtube.com/watch?v=sCU16Dvkhmg

प्रतिकृया

प्रतिकृया