तुलसीपुर
१० माघ / निजामति सेवाका अधिकृत नरेश खड्काले अर्को नयाँ आधुनिक गीत बजारमा ल्याएका छन् ।

यस अघि पनि दर्जनबढि आधुनिक गीत बजारमा ल्याएका दाङ निवासी खड्काले शनिबार मात्रै ‘संस्कारले छेक्यो छोरी, तिमीलाई बोझ मानेको होईन्’ भाव बोकेको गीत बजारमा ल्याएका हुन् । आफूले जन्माई, हुकाई, पढाई, लेखाई गरी ठूलो मान्छे बनाएकी छोरीलाई विवाह बन्धनमा बाँधेर पठाउनु पर्दाको आमावुवाको बेदनालाई गीतमा समावेश गरिएको छ ।

गीतमा भनिएको छ‘जन्म दिई पराईको घर पठाउन मनले त मानेको छैन, संस्कारले छेक्यो छोरी तिमीलाई बोझ ठानको होईन् ।’ खड्काले शब्द लेखेका हुन्, भने राजकुमार बगरले संगीत तथा स्वरुपराज आचार्यले स्वर भरेका हुन् । उक्त गीतलाई संगीतकार सन्तोष श्रेष्ठको युट्यूव च्यानल ‘गोल्डेन क्रियसन’ मार्फत बजारमा ल्याईएको छ । साथै खड्काले आफ्नै श्वरमा पनि एउटा गीत रेकर्ड गराएका छन् । सोही गीत छिट्टै बजारमा आउने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया