दाङ
३० साउन/ पत्रकार प्रिया स्मृती गजमेरको “किन किन तिम्रै यादमा” बोलको नेपाली आधुनिक गीत सार्बजनिक भएको छ । उक्त गीतले प्रेमीको यादमा टोलाई रहेको, यादमा पर्खि रहेको, मायालुको यादमा आँखा भरी पानी पानी भएको,सबैको नजर छलेर माया गर्दा पनि आफ्नो मान्छेलाई पाउन नसकेको पिडादायी भावहरु पोखिएको छ ।
पत्रकार गजमेरले मर्मस्पर्शी शब्द कोरेका छन भने गीतमा गायक गोबिन्द मधुर आचार्यले सुमधुर आवाज भरेका छन । त्यसै गरि गीतमा ज्ञानेन्द्र स्वर्णकारको संगीत रहेको छ भने राप्ती फिल्मस प्रोडक्सन हाउसले छायांकन गरेको छ ।
गीत आज शनिवार पत्रकार गजमेरले आफ्नै अफिसियल युटुब च्यानल सगुन मिडियाबाट सार्बजनिक गरेका छन । यस अघि उनले “छिट्को गुन्यो मेरो साइकोू” बोलको लोक तथा दोहोरी गीतमा शब्द कोरेका थिए । उक्त गीतमा गायक यादव योगी र रीता केसीको आवाज रहेको छ ।
पत्रकार प्रिया स्मृती गजमेर दाङको तुलसीपुरबाट प्रकाशित तुलसीपत्र राष्ट्रिय दैनिक, तुलसीपुरअनलाइनमा आवद्ध रहेर पत्रकारिता गरिरहेका छन । त्यस्तै उनी दाङ समाचार डट कमका प्रकाशक तथा संचालक पनि हुन ।