तुलसीपुर
१७-भदौ/
सामान्यतया गीतमा स्थायी हुन्छ अनि त्यसलाई बल दिने अन्तरा पनि हुन्छ । तर गायक समिर आचार्यले भर्खरै सार्वजनिक गरेको गीतमा भने अन्तरा नै अन्तरा रहेको छ ।

प आसामी फ्लेवरको मैमरी जाउँ बोलको गीतमा आचार्यले नयाँ प्रयोग गरेका छन् । “गीत चल्छ या चल्दैन त्यो फरक कुरा हो तर अहिलेको टे«नभन्दा फरक खालको गीत बनाएको छुँ” गायक आचार्यले भने । बसन्त आचार्यको शब्द रचना रहेको गीतमा गायक आचार्यले नै संगीत भरेका छन् ।

भिन्न खालको गीत भएकाले सबैको माया पाउने विश्वास पनि उनले व्यक्त गरे । गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाले अभिनय गरेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् । गायक आचार्यको यो भन्दा अगाडी दुनिया बेग्लैछ, चट्ट सलाम छ , घाममा सुकाइदेउ लगायतका गीतहरु निकै चर्चामा रहेका थिए ।

प्रतिकृया

प्रतिकृया