तुलसीपुर
३ भदौ/ पत्रकार टीका बस्नेतले आफ्ना यादहरु सार्वजनिक गरेका छन । दाङको घोराहीमा रहेर डेढ दशकदेखि पत्रकारिता कर्ममा रमाइरहेका बस्नेतले आज ‘तिम्रा यादहरुले’ गीत सार्वजनिक गरेका हुन ।

बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतको गीतमा राप्तीकी चेली करुणा ओलीले स्वर दिएकी छिन । मेचीकाली अनलाइनका प्रधान सम्पादक बस्नेतको शब्द रचना रहेको गीतमा गायक एवं संगीतकार विपिन घिमिरेको संगीत रहेको छ ।

फिल रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको संगीत संयोजन विनोद भुजेलले गरेका छन । देवराज आचार्यले निर्देशन गरेको गीतको छायांकन उद्दव ओलीले गरेका छन, भने दृश्य सम्पादन हिम्मत सिहले गरेका छन।

काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा कलाकार देवराज आचार्य, कल्पना र मिनाक्षीको मोड्लिङ रहेको छ ।https://youtu.be/syfMEh__LD0

प्रतिकृया

प्रतिकृया