तुलसीपुर
७ -असोज /तुलसीपुर स्थीत पव्लीक ज्ञानज्योति उमाविमा नेविसंघको नयां कार्यसमिति गठन भएको छ । विद्यार्थी तथा नेविसंघ नेताहरुको शुक्रवार भएको भेलाले शुभम शर्माको अध्यक्षतामा नयां ईकाइ समिति गठन गरेको हो । गठित कार्यसमितिको वरिष्ठ उपसभापतिमा वसन्त डांगीलाई चयन गरिएको छ ।

कक्षा १२ मा अध्ययनरत शर्माको पढाई पुरा भएसंगै वरिष्ठ उपाध्यक्ष डांगी अध्यक्ष वन्ने सहमति पछि शर्मा अध्यक्ष वनेको नेविसंघ नेताहरुले वताएका छन् । जसको उपाध्यक्षमा आदर्श हमाल, स्याने गुरुङ र महिला उपाध्यक्षमा सरिता विक, यस्तै सचिवमा शुदर्शन खत्री, सहसचिवमा केशव केसी र सिमा वुढाथोकी, कोषाध्यक्षमा जितेन्द्र वली र सह कोषाध्यक्षमा अरुण वली चयन भएको नेविसंघले जनाएको छ ।

भेलाले शिव भण्डारीलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । एकराज खड्काको अध्यक्षता एवं नेविसंघ जिल्ला सहसचिव जितेन्द्र प्रकाश वलीको प्रमुख आतिथ्यमा भएको भेलामा नेविसंघका जिल्ला सदस्यहरु किरण केसी, सुवास डांगी र अरुण लहरे, तरुण दल क्षेत्र नम्वर ४ का अध्यक्ष रमेश मल्ल, नेविसंघका क्षेत्रिय कार्यवाहक अध्यक्ष तेजेन्द्र हमाल, नेविसंघ राप्ती ववई क्याम्पस तुलसीपुरका केशव चौधरी मिग्मा लगायतले नेविसंघको शिद्धान्त, विद्यार्थीका हकअधिकार जस्ता विषयमा आफ्नो धारणा राखेका थिए । नेविसंघका कमल खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सहजिकरण अमृतकाजी शर्माले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया