घोराही,
२ कार्तिक/ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले टोल विकास संस्थाहरुकै सकृयतामा सामाजिक, आर्थिक र पूर्वाधार विकास हुुने बताएका छन ।

घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित दूरसञ्चार टोल विकास संस्थाको भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले विकासको जग नै टोल विकास संस्था भएको बताएका हुन ।

टोल विकास संस्थाको सकृयता र योजना छनोटले नै त्यस टोलको सामाजिक, आर्थिक र पूूर्वाधार विकास हुने उनको भनाई छ । टोल विकास संस्थाहरु जागरुक हुने र आबस्यकतामा आधारित योजना छनोटले नै चौतर्फि विकासमा सहयोग पुुग्ने उल्लेख गरेका छन।

टोल विकास संस्थाका अध्यक्ष मोहनराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले टोल विकास संस्थाले छानेका योजनाहरु नै नगर र वडाले स्विकृत गरेर बजेट कार्यक्रम तय हुदै आएको समेत जानकारी दिएका छन ।

सभ्य समाज भए मात्रै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा सहयोग पुुग्ने उनको भनाई छ । कार्यक्रममा सिद्धरत्न नाथ मावि नारायणपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक पाण्डे र संस्थाका सल्लाहकार ज्ञानबहादुर बस्नेतले आफ्नो गाउँटोल आफै बनाउन अग्रसर भए मात्रै सभ्य समाज बन्ने बताएका छन।

संस्थाका सदस्य युुवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुुरुभएको कार्यक्रमको सहजिकरण सल्लाहकार प्रकाश डाँगीले गरेका छन।

प्रतिकृया

प्रतिकृया