घोराही
१९ मंसिर/ १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भमा घोराही उपमहानगरपालिकाले पालिकाभरका महिला स्वाथ्य स्वयंसेविकाहरुलाई हौसला प्रदान गर्न हरेक वडाबाट एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र उत्कृष्ट आमा समुहलाई आईतबार सम्मान गरेको छ ।

पालिकाका १९ वटै वडाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेसविकाहरु सम्मानित भएका हुन। नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो । वडागत रुपमा सम्मानित हुने महिला स्वाथ्य स्वंसेविकाहरुमा वडा नम्बर १ बाट तारा सुवेदी, वडा नम्बर २ बाट बालिका पोख्रेल, वडा नम्बर ३ बाट जानका अधिकारी, वडा नम्बर ४ बाट कमलादेवी शर्मा, वडा नम्बर ५ बाट निर्मला डिसी, वडा नम्बर ६ बाट गोमा केसी खनाल, वडा नम्बर ७ बाट गिता चौधरी, वडा नम्बर ८ बाट खिमा चौधरी, वडा नम्बर ९ बाट नोखा केसी, वडा नम्बर १० बाट तिला बस्नेत रहेकी छिन ।

यसैगरी, सम्मानित हुनेहरुमा वडा नम्बर ११ बाट लक्ष्मी देवकोटा, वडा नम्बर १२ बाट देवा पुरी, वडा नम्बर १३ बाट अम्बि बिक, वडा नम्बर १४ बाट रिता थापा, वडा नम्बर १५ बाट नितु जिसी काजल, वडा नम्बर १६ बाट देवा केसी, वडा नम्बर १७ बाट निरु आचार्य, वडा नम्बर १८ बाट विष्णा आचार्य र वडा नम्बर १९ बाट मनकुमारी राना हुनुहुन्छ । यसैगरी, पालिकाभरका आमा समुहमध्येबाट उत्कृष्ट ५ वटा आमा समुहलाई पनि सम्मान गरिएको छ ।

 

 

पालिका भरका कु्ल २ सय ३२ वटा समुहमध्ये गोला प्रथाबाट छनौट भएका घोराही ६ को झरना आमा समूह, घोराही ७ को लाली गुराँस आमा समूह, घोराही ८ को दुन्द्रा स्वास्थ्य आमा समूह, घोराही १३ को सहिद रामपुरा आमा समूह र घोराही १७ को मनकामना आमा समूहलाई विशेष सम्मान गरिएको छ ।

यस्तै, पालिकाले महिला स्वाथ्य स्ववयंसेविका दिवसको अवसर पारेर एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई मरणोपरान्त सम्मान गरेको छ । २०७८ भदौ १६ गते सिस्ने खोलामा आएको बाढी बगेर दिवंगत हुनुभएकी राधा कुँवर श्रेष्ठलाई नगद २० हजारसहित विशेष सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताएका छन।

प्रतिकृया

प्रतिकृया