घोराही
१५ फागुन/ घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन थालिएको छ । २०७५ साल मंसिर ५ गते घोराही उपमहानगरपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिसँग त्रिपक्षिय सम्झौता गरेर फोहरबाट ग्याँस र मल उत्पादन गर्ने सहमती ग¥यो । सम्झौताको ३ बर्षपछि अहिले ग्यास उत्पादन सुरु भएको छ ।

           


वडा नम्बर १६ करौटीडाँडामा २० करोड रुपैयाँको लागतमा ग्याँस उद्योग स्थापना गरिएको छ । गल्ने फोहरबाट उत्पादन भएको ग्याँस प्रयोगमा समेत आएको छ ।ग्याँस उद्योगभित्रै कर्मचारीहरुले अहिले सोही ग्यासबाट खाना पकाउने गरेका छन् । पहिलो चरणमा ४ सय घरधुरीमा पाईप लाईन मार्फत पु¥याउने योजना अनुसार काम अघि बढाएको छ । यसलाई बिस्तार गर्दै उपभोक्ताको घरघरमा पाईपलाईनबाट चुलोमा पु¥याईने छ ।

ग्याँस प्लान्ट आसपासका स्थानीय, नारायणपुर, सर्रामा पु¥याउने गरी पूर्वाधारहरु जडानको काम भैरहेको उद्योगका व्यवस्थापक हरीशरण श्रेष्ठले बताए । पाइपमार्फत ग्यास प्रयोग गरेवापत उपभोक्ताहरुले मिटर अनुसार रकम तिर्नुपर्ने छ । आगामी बैशाख १ गतेदेखि उपभोक्ताको घरघरमा ग्यास पु¥याउने योजना रहेको उनले बताए ।

 

अहिले दैनिक २५० घनमिटर ग्यास उत्पादन भैरहेको र बेलुनमा भरेर राखिएको छ । अन्य ग्याँसको मूल्यको तुलनामा २ सयदेखि साढे २ सय रुपैयाँ थोरै मूल्यमा उपभोक्तालाई बिक्रि गर्ने समेत श्रेष्ठले बताए । फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको छ । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने तयारी भएको छ ।

अहिले तत्कालका लागि गल्ने फोहरहरु निकै थोरै रहेको र त्यसको पूर्तीका लागि बस्तुभाउका गोबर समेत प्रयोगमा ल्याईएको छ । घोराहीसँगै तुलसीपुर र लमही नगरबाट समेत फोहरहरु ल्याउनु पर्ने अवस्था देखिदै गएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने समेत सम्झौतामा उल्लेख छ ।

ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि घोराही बजारबाट उत्पन्न हुँदै आएको फोहर व्यवस्थापनमा ठूलो राहत हुने भएको छ । ग्याँस उत्पादन शुरु भएसँगै सडेर जाने वस्तुको सदुपयोग हुन थालेको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरलाई बर्गिकरण गरेर उपमहानगरपालिकाले उपभोक्ताहरुबाट खरिद गर्दै आएको छ ।

गत्ता, सिसा, सुर्ती, गुट्खाका खोल, प्लाष्टिक, कपडा लगाएतका नगल्ने फोहरहरुलाई बर्गिकरण गरेर खरिद गर्दै आएको हो । नगरलाई स्वच्छ राख्नका लागि गल्ने र नगल्ने फोहरलाई पुनः प्रयोगमा ल्याई मोहरमा बदल्न सफल भएको नगर प्रमुख नरुलाल चौधरीको भनाई छ । अब उपभोक्ताहरुले गल्ने र नगल्ने फोहरलाई छुट्याएर राखिदिने हो भने थप सहज हुने छ उनले भने ।

प्रतिकृया

प्रतिकृया