ADVERTISEMENT
 


वैज्ञानिकहरुका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, अनिच्छा, चाहना तथा रुचिसँग हुन्छ । तर, स्मरणशक्तिमा ह्रास आएमा मानिसले कुनै पनि क्रियाकलाप राम्रोसँग गर्न सक्दैन । जस्तो कि पढ्न, लेख्न, गणितीय काम गर्न वा कुनै कुरा सिक्न ।

स्मरणशक्ति उमेरमा पनि भर पर्छ । ५० वर्षको उमेर पार गरेपछि विस्तारै स्मरण शक्तिमा ह्रास आउन थाल्छ । तर, कम उमेरमै स्मरण शक्ति कमजोर भएमा त्यसलाई समस्याको रुपमा लिनुपर्छ । यस्तो समस्यालाई मेडिकल भाषामा एम्नेसिया भनिन्छ ।


ADVERTISEMENT

  



किन हुन्छ स्मरणशक्ति ह्रास ?

– सामान्य गल्तीले पनि स्मरणशक्तिमा ठूलो समस्या उत्पन्न हुन सक्छ । रुचीको अभाव, क्रमअनुसार काम नगर्नु, एकैपटक धेरै कामहरुमा हात हाल्नु, कामलाई उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति कमजोर हुँदै जाने गर्छ ।

– कुनै कुरा याद राख्ने ईच्छाशक्ति नहुँदा पनि स्मरणशक्ति ह्रास भएर जान्छ । त्यस्तै, चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसको पनि स्मरणशक्ति गतिलो हुँदैन ।

– मस्तिष्कमा जन्मजात समस्या वा अविकसित मष्तिस्कले पनि स्मरणशक्ति प्रभावित तुल्याउँछ । टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि यो स्मरणको समस्या आउँछ ।

– क्रोध, भय, चिन्ता, अनिऽा पनि स्मरणशक्तिलाई प्रभावित तुल्याउँछन् । उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधीको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्न जान्छ ।

– शरीरमा पौष्टिक तत्वको हुनु अर्को कारण हो । साथै, मद्यपानको नियमित सेवन गर्दा स्मरणशक्ति कमजोर भएर जान्छ ।

– केही रोगहरु पनि छन्, जसले स्मरणशक्तिलाई कमजोर बनाउने काम गर्छन् । जस्तो कि थाइराइड, मधुमेह आदि ।

एम्नेसियाका लक्षण

-शुरुवाती लक्षण भनेको परिचितको नाम, ठेगाना नसम्झनु वा सम्झन गाह्रो पर्नु हो । यस्ता समस्या भएका व्यक्तिले केही दिनअघिका घटना पनि बिर्सने गर्छन् ।

– पढेका, सुनेका कुराहरुलाई झ्याप्प याद गर्न नसक्ने । आफैंले सामान राखेको ठाउँसमेत बिर्सने गरिन्छ ।

-भाषा, संगीत, गायन, नृत्य, अभिनय, कला वा अन्य काम सिक्न गाह्रो हुने । एकपटक भनेको कुरा नबुभ\mने । आलस्यता, अरुचि, चिड्चिडापन, निराशा, छटपटीजस्ता लक्षण पनि देखिन्छन् ।

के गर्ने ?

– यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान-बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ ।

– कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई व्यवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ ।

– योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।

के नगर्ने ?

– धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन ।

– सँधै आˆनो स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हँुदैन ।

– रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन

– राती अबेरसम्म पढ्नु हुँदैन

– सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन

खानपानमा सतर्कता

– सुपाच्य, हल्का, सन्तुलित र पौष्टिक खानेकुरा खानुपर्छ । खानाको समयतालिका दैनिक एउटै हुनुपर्छ ।

– मौसमअनुसारको हरियो सागपात, सलाद, बन्दा, काउली, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकन्दर, पालुंगो लगायतको सेवनले स्मरणशक्ति बलियो बनाउन भूमिका खेल्छ ।

– अन्डा, माछा, दुध, दही, मोही, चीज, मख्खन आदिको पनि नियमित उपभाग गर्दा फाइदा हुन्छ ।

– दैनिक कम्तिमा तीन लिटर शुद्ध पानी पिउनुपर्छ ।

– फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्रबेरी, जामुन, भुईकटहर, केरा आदि खानाले मानसिक स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।

के खानु हुँदैन ?

– तारेको, भुटेको, पिरो, मसालेदार खानेकुराबाट सकभर टाढा रहने

– चिया र कफीसितको संगत पनि छोड्ने । धुम्रपान त गर्नै हुँदैन ।

–  तमाखु, गुट्खा, गाँजा, भाँङ, मदिरा आदिको सेवनले विभिन्न रोग त निम्त्याउँछ नै स्मरणशक्तिलाई पनि कमजोर बनाउने काम गर्छ ।

समाधान

स्मरणशक्ति ह्रास हुँदै गएमा मानिसको दैनिकी नै अस्तव्यस्त भएर जान्छ । त्यसैले लक्षण थाहा  पाउने बित्तिकै समाधानमा लाग्नु राम्रो हुन्छ ।

होमियोप्याथिक चिकित्सा विधिबाट यसको निकै प्रभावकारी उपचार हुन्छ । बिरामीको मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर होमियोप्याथिक उपचार गरिन्छ । यस्तो समस्या समाधानका लागि होमियोप्याथिमा थुप्रै औषधी उपलब्ध छन् ।

प्रतिकृया

प्रतिकृया