काठमाडौं –
२५ असार / राष्ट्रिय चिकित्सा शिक्षा आयोगको पहिलो उपाध्यक्ष नियुक्तिका लागि खुलाइएको आवेदन प्रक्रियालाई सच्याएर पुन आवेदन खुलाउन माग गरिएको छ ।
सोलिडारिटी फर डा केसी अलायन्सले उपाध्यक्ष नियक्ति प्रक्रिया सच्याउन माग गरेको हो । अलायन्सले उपाध्यक्ष सिफरिस समितिका संयोजक समेत रहेका लोकसेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सा शिक्षा ऐन अनुसार पुनः आवेदन गर्न माग गरेको हो ।

अलायन्सले यसअघिको आवेदनको सूचनामा राखेको ६१ व्र्ष उमेर काटेको हुन नहुने सर्त ऐन विपरित रहेको भन्दै सच्याउन माग गरेको छ ।

आयोगको उपाध्यक्षका लागि समितिले १५ दिनको समय दिएर मागेको आवेदनको समय सोमबारबाट सकिएको छ । यो अवधिमा ६ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषि ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि छन् । यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रेक्टार डा श्रीकृष्ण गिरी, डा प्रमोद शर्मा, डा पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झाले पनि आवेदन दिएका छन् ।
स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको निकटतम रहेका डा गिरी उपाध्यक्ष बन्न चर्को दौडधुपमा छन् ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया