काठमाँडौ,
३ असार / साउन महिना नारीका लागि विशेष मानिन्छ ।

यो महिनामा नारीहरु व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिनुका साथै शृंगारमा पनि रङको विशेष संयोजन मिलाउँछन् । त्यसैले नारीका लागि साउन महिनामा मेहँदीको विशेष महत्व रहने गर्छ ।

धर्म, संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने मेहँदी लगाउने परम्पराले साउन महिनालाई मेहँदी नै लगाउने महिनाका रुपमा चिनाएको छ । आजभोलि यो फेसन वा देखासिकी रुपमा विकास भए पनि परापूर्वकालदेखि नै आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा मेहँदीलाई हेर्ने गरिएको छ ।


ADVERTISEMENT

 


तर अचेल बजारमा शुद्ध मेहँदीभन्दा पनि अशुद्ध र केमिकल मिसाइएको मेहँदीको बढी प्रयोगले त्वचागत रोग उत्पन्न हुने खतरा पनि सँगसँगै बढेको पाइन्छ ।

आयुर्वेदको द्रव्यगुण विज्ञानमा उल्लेख भएअनुसार ’मेहँदी’ नामक वृक्षको कुल ’लिथरेसी’ हो । यसको ल्याटिन नाम ’लौसोनिया इनर्मिस’ हो र संस्कृत नाम ’मदयन्तिका’ हो । यसलाई अंग्रेजीमा ’हिन्ना’ पनि भनिन्छ । यसको प्रयोज्य अंगहरु भनेका पत्र, पुष्प र बिज हुन् ।

यसको पत्र भालाकार वा अन्डाकार हुन्छ र पिस्दा रातो रङको हुन्छ। मेहँदीको पत्तिमा टैनिन १०.२१ प्रतिशत तथा लौसोन नामक मुख्य द्रव्य हुन्छ। मेहँदीको गुण( लघु, रुक्षस रस(तिक्त, कषायस विपाक(कटुस विर्य(शीत हुन्छ। र यो वृक्ष कफपित्तजन्य रोगका लागि बढी प्रयोग हुन्छ ।

बाह्य प्रयोग अन्तर्गत विशेषतः नारीहरुले वर्ण सुन्दर बनाउन र रंगीन बनाउनका निम्ति यसको प्रयोग गर्छन् । कपाललाई कालो बनाएर जवान देखिनका निम्ति समेत यसको प्रयोग गरिन्छ ।

शिरस्शूल, संधिशोथ तथा हातमा हुने जलनका निम्ति समेत यसको प्रयोग गरिन्छ । यसको प्रयोग वेदना शान्त गर्नका निम्ति, व्रणको शोधन गर्नका निम्ति र रक्तबन्दका निम्ति गरिन्छ । कुष्ठ तथा चर्म्विकारमा लाभदायक मेहँदीको क्वाथको प्रयोग मुख रोगमा समेत गरिन्छ ।

आभ्यन्तर प्रयोग अन्तर्गत मेहँदीको पुष्पको फान्ट मस्तिष्क दौर्बल्य र अनिन्द्रामा प्रयोग गर्न सकिन्छ। प्रवाहिका र रक्तातिसारमा मेहँदीको बिजको कल्क प्रयोग गर्न सकिन्छ। रक्तविकार र रक्तपित्तमा मेहँदीको पत्रको क्वाथ प्रयोग गर्न सकिन्छ ।

ज्वरमा मेहँदीको पुष्पको फान्ट र कुष्ठ आदिमा यसको पत्तिको क्वाथ प्रयोग गर्न सकिन्छ। मूत्रकृच्छ, पूयमेहमा यसको पत्रस्वरस मिश्रीसँग मिलाएर दिन सकिन्छ जसका कारण पिसाब सफा हुन्छ र जलन कम हुन्छ । यसको स्वरसको मात्रा( ५(१०मिमि र बिजचूर्णको मात्रा १(३ ग्राम रहन्छ ।

यसरी मेहँदी वृक्ष साउनमा मेहँदी लगाउनलाई मात्र नभएर अन्य स्वास्थ्यका विभिन्न समस्याका लागि समेत त्यति नै उपयोगी छ। बजारमा पाइने अशुद्ध मेहँदीको प्रयोगबाट बच्नका लागि समेत यसको उपोयगिता जान्नुपर्ने आवश्यकता छ ।

प्रतिकृया

प्रतिकृया