काठमान्डौं,
२६-साउन/ साधारणतयाः भाइरस, ब्याक्टेरिया, फङ्स, प्रोटोजोवा लगायत जिवाणु तथा किटाणुहरुको संक्रमणद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगलाई सरुवा रोग भनिन्छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा कुनै पनि जिवाणु तथा किटाणुको माध्यमबाट नसर्ने तर विभिन्न जोखिम तत्वहरु ९जीवनशैली, रहनसहन, खानपिन० आदिले उत्पन्न हुने रोगलाई नसर्ने रोग भनेर परिभाषित गरिएको छ।

समाजमा नसर्ने रोगका बिरामी धेरै भए तापनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको पाइन्छ । जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेकोसमेत थाहा नपाई अकालमा ज्यान गुमाउनु परेको छ ।


ADVERTISEMENT

 


नसर्ने रोगले विस्तारै असरहरु देखाउने हुँदा सानोतिनो लक्षणलाई बेवास्ता गर्दै जाँदा अन्त्यमा रोगले एकै पटक ज्यान लिने गरेको देखिन्छ।

नसर्ने रोगहरु पार्किन्सन्न, उच्च रक्तचाप, दीर्घकालीन मिर्गौलासम्बन्धी रोग, हाडसम्बन्धी रोग ओस्टियो अर्थराइटिस, ओस्टियो पोरोसिस, अल्जाइमर्स, आँखासम्बधी रोग मोतीविन्दु, जलविन्दु, विभिन्न मानसिक रोगहरु ।

तर मुख्यगरी नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मष्तिस्कघात, मधुमेह ९चिनी रोग०, दम, सिओपीडी र क्यान्सरलाई खतराजन्य नसर्ने रोगको रुपमा राखिएको छ।

नेपालमा नसर्ने रोगहरु पहिलेको तुलनामा अहिले दिन प्रतिदिन बढिरहेको छ। यसको जोखिम तथा प्रकोप दक्षिणपूर्व एसिया तथा गरिब मुलुकहरुमा बढ्दो दरमा रहेको पाइन्छ।

नसर्ने रोग सुरुमै पत्ता लगाउन सकियो भने व्यवस्थापन तथा उपचारपश्चात् अकालमा ज्यान गुम्नबाट बच्न सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत नसर्ने रोग धूमपान–मद्यपान गर्ने, अस्वस्थ्यकर खाना खाने र नियमित शारीरिक व्यायाम नगर्ने कारणले लाग्छ।

नेपालमा कुल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरु सूर्तिजन्य पदार्थ सेवन गर्छन् भने एक तिहाइभन्दा बढी ३६.१ प्रतिशत व्यक्ति दोस्रो दर्जाको धूमपान प्यासिब स्मोकिङ० बाट पीडित छन्। चुरोट नपिउने तर चुरोट पिइरहेको व्यक्तिको नजिकै बसेर धुवाँको सम्पर्कमा हुनुलाई दोस्रो दर्जाको धूमपान अर्थात् प्यासिब स्मोकिङ भनिन्छ।

समाजमा नसर्ने रोगका जोखिमहरुलाई विज्ञापन नै गरेर सर्वसाधारणलाई लक्षित गरी प्रचारप्रसार गरिएको पाइन्छ। जस्तैः पेय पदार्थ, जंक फुड, फास्ट फुड, अखाद्य वस्तु मिसावट गरिएका खानेकुरा, धूमपान, मद्यपान आदि। तर यसको विपरीत नसर्ने रोगको उपचार र रोकथामको लागि भने राज्य तथा समाजले त्यति ध्यान दिएको पाईंदैन ।

जनचेतनाको कमी तथा प्रभाकारितामा कमी आएर होला धूमपान तथा मद्यपान गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि प्रयोग गर्नेहरुको संख्या उच्च छ।

राज्यले रोगबारे जनचेतना जगाउने कार्यमा र रोकथामको लागि गरिने कार्यमा गरेको लगानी तथा खर्च हेर्दा, तत्काल खर्च देखिने भए तापनि कालान्तरमा त्यो अनावश्यक खर्च भएको हुँदैन। जनचेतना र रोकथामका उपायहरुबाट रोगीको संख्यामा कमी आउँछ। बिरामीको उपचारमा गरिने खर्च कम हुँदै जान्छ।

नेपालमा कुल मृत्युको कारणमध्ये ३० प्रतिशत मृत्यु मुटु तथा रक्त नलीका रोगबाट हुनेगर्छ। स्टेप सर्वेअनुसार २१ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा उच्च रक्तचाप पाइएको थियो। त्यसैगरी नेपालमा कुल मृत्युको ४ प्रतिशत मृत्यु मधुमेह रोगका कारणले हुनेगर्छ।

सन् २००३ देखि २०१२ सम्मको तथ्यांक हेर्दा फोक्सोसँगसम्बन्धी क्यान्सर १४.५ प्रतिशत, पाठेघरको मुखमा हुने क्यान्सर १२.२ प्रतिशत र स्तन क्यान्सर ८.४ प्रतिशत रहेको पाइएको थियो। नेपालमा कुल मृत्युको १० प्रतिशत मृत्यु दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग सिओपीडीको कारणले हुनेगर्छ ।

एनसिडी २०१८ का अनुसार हरेक वर्ष संसारभर ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गर्छ। विकासोन्मुख देशका ३० देखि ६९ वर्ष उमेर समूहका ८५ प्रतिशत व्यक्ति नसर्ने रोगको कारणले मर्छन्।

सामान्यतयाः हाम्रो समाजमा रोग लाग्नुअघि रोकथामका उपाय अवलम्बन नै गरिँदैन। जब उच्च रक्तचाप, मुटु रोग, मधुमेह जस्ता रोगले गाल्न थाल्छन्, बल्ल घैंटामा घाम लागेझैं गरी रोग निर्मूल पार्न उपायहरु खोज्दै हिँड्ने चलन छ ।

यसो गर्दा क्यान्सर जस्तो नसर्ने रोगमा त धेरै नै ढिला भइसकेको हुन्छ । अझ चुरोट र मदिरा सेवन गर्नेहरु त धूमपान तथा मद्यपान त्याग्न सल्लाह दिँदासमेत रिसाउँछन्। यो हाम्रो समाज स्वास्थ्यप्रति कति सचेत छ भन्ने यथार्थ चित्रण हो। हामी सबैले बुझ्नुपर्ने सरल तर जटिल विषय पनि हो यो।

साथीहरुको देखासिकी गरेर आज स्कुले विद्यार्थीहरु चुरोट तथा खैनीको कुलतमा फस्दै छन्। स्कुल, कलेज नजिकका चिया पसलहरुमा गएर नियाल्ने हो भने विद्यार्थीहरु चुरोट सल्काएर गफिइरहेको देख्न सकिन्छ। आफ्नो जीवनलाई धुवाँमा उडाइरहेको देख्न सकिन्छ।

संयुक्त राष्ट्र संघले दिएको सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकासका लक्ष्यहरुमध्ये नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण एक प्रमुख लक्ष्य हो। नसर्ने रोगको उपचार तथा रोकथाममा विश्वका मध्यम तथा गरिब राष्ट्रहरुले करिब ५ सय बिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने गरेको पाइन्छ। तर यी राष्ट्रहरुले बेस्ट बाइज अवधारणा अवलम्बन गरेमा त्यति धेरै रकम खर्चिनुपर्ने देखिँदैन भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता रहेको छ ।

बेस्ट बाइज भन्नाले मद्यपान तथा धूमपान जस्ता पदार्थमा कर बढाउनु, जनचेतना बढाउनु, नसर्ने रोगको समय मै निदान तथा उपचार गर्नुरगराउनु भन्ने बुझिन्छ। जस्तैः सरकारले हरेक १ खिल्ली चुरोट वा एक प्याकेट सूर्तिजन्य पदार्थको मूल्यबाट केही प्रतिशत रकम छुट्याएर नसर्ने रोगको उपचार तथा रोकथाम, व्यवस्थापन र जनचेतना अभिवृद्धि गर्नमा जम्मा गर्दै लैजानुपर्छ।

अम्मलीहरुले चिया पसल तथा चोक–चौतारामा बसेर चुरोट तानिरहेका हुन्छन्। यसले गर्दा चुरोट नपिउनेहरुले पनि नजानिँदो ढंगले धूमपान गरिरहेका हुन्छन्, जुन ज्यादै हानिकारक मानिन्छ । प्यासिब स्मोकिङको बारेमा सर्वसाधारण जनतालाई राम्रोसँग बुझाउन गाउँ–सहर सबैतिर जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ।

एक हातले चुरोट तान्दै काखमा सानो बच्चा च्यापेर स्तनपान गराइरहेको दृश्य पनि यदाकदा देख्ने गरिन्छ। सानासाना अबोध बालबालिका आमाको गरेको धूमपानका कारण प्यासिब स्मोकिङको असरबाट रोगी हुँदै गइरहेको अवस्था छ।

नसर्ने रोगको बढ्दो दरलाई नियन्त्रण गर्न तथा कमी ल्याउन सार्वजनिक स्थलहरुमा मद्यपान, धूमपान तथा सूर्तिजन्य पदार्थ बेचबिखनमा बन्देज लगाइनुपर्छ। यस्ता वस्तुहरुको विज्ञापन तथा प्रवद्र्धनमा नियन्त्रन गरिनुपर्छ। सरकारले जनचेतना फैलाउने काममा गरेको लगानी, खुला ठाउँमा निःशुल्क शारीरिक व्यायामशाला खोल्न गरेको लगानीले पछि औषधि उपचारमा गरिने लगानीमा कमी ल्याउँछ।

जनताको स्वास्थ्यमा सुधार हुनु भनेको देशको प्रगति हुनु हो। यसरी सरकार, गैरसरकारी संघ–सस्थाहरुले कुनै पनि रोगको रोकथाम र जनचेतना अभिवृद्धिमा विभिन्न कार्यक्रम गरिनुपर्छ। रोग लागेर अस्पातलमा उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुनेछ।

व्यस्त जीवनका कारण दैनिक गर्नुपर्ने शारीरिक व्यायाम–कसरत नगर्ने, सागसब्जी, फलफूल, तरकारी सेवन कम गर्ने, फास्ट फुड र विषादी प्रयोग गरेर फलाइएको तरकारी, नुनको बढी प्रयोग गर्ने गरिएको हुँदा आजकाल नसर्ने रोग बढिरहेको छ। त्यसैगरी मोटोपना घटाउन प्रयास नगर्ने, बियर, वाइन जस्ता मद्यपानको बढी प्रयोग गर्ने, प्रदूषित वातावरणमा हिँडडुल गर्दा मास्कको प्रयोग नगर्ने, यातायात, औद्योगिक उत्सर्जनको धुवाँ–धुलोको करणले हुने वायु प्रदूषणकोे उचित व्यवस्थापन नहुनु जस्ता करणले गर्दा पनि नसर्ने रोगको प्रकोप बढ्दो दरमा छ ।

नसर्ने रोगबाट कसरी बच्नेरु
– स्वस्थ्य खाना खाने
– खानामा नुन र चिनी कम गर्ने
– मैदाबाट बनेका परिकार कम खाने वा नखाने
– बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने
– नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने
– क्यान्सर रोकथामको लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको ३ मात्रा खोप लगाउने
– ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने
– ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने
– कलेजोको क्यान्सर रोकथामको लागि हेपाटाइसिस बीको खोप लगाउने ।

प्रतिकृया

प्रतिकृया