डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ । यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

डेंगु ज्वरोका लक्षण
-ज्वरो आउने
-बेस्सरी टाउको दुख्ने
-आँखाको गेडी दुख्ने
-शरीरमा डाबरहरु आउने
– अरुचि हुने
-जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
-पेट तथा आन्द्रामा गडबडी हुने
केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ ।

बच्ने उपाय
-यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो ।
-पुरा शरीर ढाकिने गरी कपडा लगाउने
-लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
-राती र दिउँसो पनि झुलभित्र सुत्ने
-घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने
-झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने


ADVERTISEMENT

   


लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय

-पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने
-लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने
-घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने

स्रोत : स्वास्थ्य खबरपत्रिका

प्रतिकृया

प्रतिकृया