काठमाडौं,
५-कात्तिक / औषधि व्यवस्था विभागले खाद्यपुरक सामग्री भिटामिन वा टनिक किसिमका औषधि बिरामीलाई सिफारिस नगर्न सूचना जारी गरेको छ । विभागले डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स आयात, बिक्रि र प्रेस्काइब गर्न नपाइने सूचना जारी गरेको हो।

विभागले गत भदौ २ गते पनि विभागमा दर्ता नभएका यस्ता समाग्री विक्रि वितरण नगर्न सूचना जारी गरेको थियो । विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स गैर कानुनी रुपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल बनावट ट्यावलेट÷क्याब्सुल÷सिरप मा गरी गैर कानुनी रुपमा विक्रीवितरण भएको भन्दै यस्ता औषधि पैठारी, बिक्रीवितरण,संचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धितलाई सूचित गरेको छ ।

यदि यस्ता औषधि बिक्रीवितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारवाहि हुने विभागले सूचनामार्फत चेतावनी दिएको छ । फार्मेसी क्षेत्रका तीन वटा संगठनले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स फार्मेसीबाट विक्रीवितरण वितरण नगर्न नगराउन अनुरोध गरिसकेका छन् ।

 



ADVERTISEMENT

  


 


नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मा्सिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सबै फार्मेसी र पेशाकर्मीहरुलाई आग्रह गरेका थिए । नेपाली बजारमा डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्सको नाममा औषधिजन्य उत्पादन बिक्रि वितरण हुँदै आइरहेको छ । यसले उपभोक्तमाथि अन्याय गरिरहेको विज्ञहरु बताउँछन्।

कमिसन तथा अन्य विविध कारणले गर्दा केही अस्पताल तथा डाक्टरहरुले समेत यी सामग्री प्रमुख औषधिका रुपमा सिफारिस गरिरहेका छन्। जबकी नियम अनुसार डाक्टरले यस्ता समाग्री सिफारिस गर्न पाउँदैनन । चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरल लगायतका धरै समिश्रणहरुलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

साभार : स्वास्थ्य खवरपत्रिका

प्रतिकृया

प्रतिकृया