काठमान्डौँ,
१८- मंसिर / मस्तिष्कघात एउटा यस्तो कमजोरी जस्तै पक्षघातको अनाचक विकास हुनु हो। जुन मस्तिष्कका विषेश भागहरूमा रगतको प्रवाहमा बाधा पर्नाले हुन्छ। यो बाधा वा रक्तनलीमा अवरोध उत्पन्न हुनाले वा रक्तश्रावको कारणले हुने गर्दछ।

हृदयघात मुटुका रक्तनलीमा रगतको थेग्रो जम्न गइ रक्तनलीमा पूर्णरुपले हुने गडबडीका कारण हुने गर्दछ। रक्तनली फुट्नुका कारण मस्तिष्कमा रगत जम्दछ र सुनिन थाल्छ। जमेको रगतले मस्तिष्कका प्रमुख भागहरूलाई थिच्ने गर्दछ । उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गडबडी, रगतमा बढी चिल्लोपना र मुधमेह जस्ता रोगहरूको हृदयघात हुने जोखिमलाई बढावा दिन्छ ।

त्यस्तै गरी धुम्रपान गर्नु पनि यो रोगको एउटा प्रमुख कारक तत्व हो । अनियन्त्रित उच्च रक्तचापका कारण मस्तिष्कभित्र रक्तनली फुट्रन गइ रक्तश्राव हुन सक्छ। यसबाहेक अन्य कारक तत्वहरू टाउकोमा चोट लाग्नु, साधारण तरिकाबाट रगतबाट जम्ने प्रवृत्तिलाई कम गर्ने खालका औषधिको सेवन गर्न मस्तिष्कका रक्तनलीको संरचनात्मक त्रुटि आदि हुन्। मस्तिष्कका विभिन्न भागले शरीरका विभिन्न अंगहरुको नियन्त्रण गर्ने हुनाले विशेष लक्षणहरुले मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराको निर्धारण गर्दछ।

सामान्यतयास् देखापर्ने लक्षणहरु

अचानक गम्भीर रुपमा टाउको दुख्नु,

अचानक कमजोरी महशुस गर्नु र शरीरको कुनै अंग जस्तैः शरीरका पाखुरा वा खुट्टा वा शरीरको पूरै एक भाग ९जस्तैः शरीरको पूरै दाहिने वा देब्रे भाग चलाउन नसक्नु,

मुखको एक भाग एकातिर बांगिनु, बोल्न नसक्नु र दिसापिसाबमा नियन्त्रण नहुनु।

मस्तिष्कघात एउटा आपतकालीन रुपमा उपचार गर्नुपर्ने अवस्था हो। यस्ते अवस्थामा बिरामीलाई तुरुन्तै अस्पताल लानुपर्छ। र जतिजस्दो चाँडो उपचार सुरु गरिहाल्नुपर्छ।

यो रोग बिस्तारै निको हुने भएकाले लामो समय लाग्दछ। र सो अवधिमा बिरामीको राम्रोसँग हेरविचार गर्नुपर्दछ। यसो गरेमा बिरामीलाई विभिन्न जटिलताहरु जस्तै संक्रमण निमोनियाबाट बचाउन सकिन्छ।

सञ्चो भइरहेको समयमा बिरामीको पोषणमा पनि विशेष ध्यान दिनुपर्दछ।

मस्तिष्कघातको रोकथाम र व्यवस्थापन

आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस।

नियमित शारीरिक व्यायाम गर्ने गर्नुहोस्।

धुम्रपान नगर्नुहोस्।

उच्च रक्तचाप,मधुमेह, उच्च कालेस्टेरोल र मुटु सम्बन्धी समस्याको जाँच गराउनुहोस्। यदि यसमध्ये कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोस्।

मस्तिष्कघात भएको बिारमीको हेरविचार कसरी गर्ने भन्ने बारेमा स्याहारसुसार गर्ने व्यक्रिले चिकित्सकसँग सल्लाह लिनुपर्दछ। यसका साथै उनीहरुले तुरुन्तै औषधि उपचार आवश्यक पर्ने खतराका चिह्नहरुबारे पनि थाहा पाउनु पर्दछ। जस्तैः श्वास फेर्न गाह्रो हुनु आदि

प्रतिकृया

प्रतिकृया