काठमान्डौ ,
१८ – पुस  / कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ ।

उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ । तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ । होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ । यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ ।  यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मनेलगायतका समस्या देखिने अध्ययनले देखाएको छ ।

बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए । ‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ । यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’ डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु ।

ADVERTISEMENT


 


 


’अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ । ’पर्डि युनिभर्सिटीका न्युट्रिसन साइन्सका प्रोफेसर कोनी वेभरले जानकारी दिए ।

स्रोत : स्वास्थ्यखवर

प्रतिकृया

प्रतिकृया