काठमान्डौ ,
२८ – पुस / जाडोको समयमा पोलिने घटना अत्याधिक हुने र यसबाट अत्याधिक मात्रामा जनधनको क्षति हुने हुँदा निम्न बचाउ र प्राथमिक उपचारका उपायहरू अपनाउन अनुरोध छ ।

१- आगोको काम सकिए पछि तुरुन्तै निभाउने ।

२- न्यानो रहन लुगा लगाउनेरओढ्ने, आगो ताप्नै परे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदि नखन्याउने ।

३- फोहर र प्लाष्टिक कागज आदि उचित तरिकाले विसर्जन गर्ने । यिनलाई पोल्दा प्रदूषण हुने मात्र हैन, पोलिने पनि सक्छ ।

४- आगो, तातो पानी र तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्ने ।

५ – भुईंभन्दा अग्लो तहमा पकाउने, पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउने ।

६- ग्यास चूलो, पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने, काम सकिए पछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने । सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठूलो विष्फोट हुनसक्ने हुँदा यसो नगर्ने ।

७ – हावा नखेल्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने । हिटर निभाएर मात्र सुत्ने ।

८ – आगोले पोलिहालेमा तुरुन्तै आतिएर दौडिनु हुँदैन । यस्तो अवस्थामा रोकिनुहोस्, भुईंमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ ।

९ – आगो निभे पछि लुगा, घडी र गहनाहरू फुकाल्नु होस् । त्यस पछि घाउलाई धाराको पानी मा कम्तीमा आधा घण्टा धुनुहोस् ।

१० – घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुहोस् । अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नून, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुहोस् ।

स्रोत : स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया