ताप्लेजुङ ,
२२ – माघ / कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द गराएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गराएको हो ।

यही माघ १६ गते चीनको तिब्बत स्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किए लगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।

नाका बन्द हुँदा एक–दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि वर्षाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया