एजेन्सी ,
२४ – माघ / कोरोना भाइरसबाट चीनमा ६ सय ३६ जनाको मृत्यु भएको छ। चीनको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ७३ जनाको मृत्यु भएको छ। मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको छ। तथ्यांकमा उल्लेख भएअनुसार ९ सय ६२ जना गम्भीर बिरामी छन् । बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन् ।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण चीनका विभिन्न सहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेको छ ।  कोरोना भाइरसका कारण चीन बाहिर २ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबारे सुरुमा जानकारी दिने चिनियाँ डाक्टरको पनि मृत्यु भएको छ । भाइरसको बारेमा सुरुमै जानकारी दिने डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण मृत्यु भएको हो । ३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो । गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग देखिएको भनी सन्देश पठाएका थिए ।

उनले सो सन्देशमा आफ्ना साथीहरूलाई त्यो एक सरुवा रोग भएकाले सबैलाई सुरक्षित कपडा लगाएरमात्र उपचार गर्न सुझाव दिएका थिए । चार दिनपछि चीनको पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अफवाह फैलाएर समाजमा त्रास फैलाएको भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगायो। स्थानीय निकायले अफवाह फैलाएको आरोप लगाएका ८ जनामध्येकै एक थिए ली । कोरोना भाइरसले महामारीको रुप लिएपछि स्थानीय निकायले उनीसँग माफीसमेत मागेको थियो । गत जनवरीको अन्तिम सातातिर भिभो नामक सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए ।

ADVERTISEMENT


 


 


सो भिडियोमा जनवरी १० देखि सार्सजस्तै एक किसिमको भाइरसबाट आफू पीडित भएको र त्यसको २ दिनपछि अस्पताल भर्ना हुनुपरेको बताएका थिए । उनी कोरोना भाइरसबाट संक्रमित भएको कुरा फेब्रुअरी २ मा पुष्टि भएको थियो । अहिले चीनका विभिन्न सामाजिक सञ्जालमा उनको मृत्युलाई लिएर दुख प्रकट गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेको छ।

स्रोत : स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया