घोराही
२४ जेठ / दाङको बंगलाचुली गाउँपालिकामा रहेको आइसोलेशन र क्वारेन्टाईन प्रयोजनका लागि खाद्यान्न सहित विभिन्न सामाग्रिहरु सहयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाङका सचिब तुलसीराम पुन सुबासको पहल तथा समन्वयमा बंगलाचुलीका आइसोलेशन र क्वारेन्टाइनमा खाद्यान्न, लत्ताकपडा र खेलकुदका सामाग्रिहरु सहयोग प्राप्त भएको हो ।

घोराहीका विभिन्न व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरुले चालम, दाल, तेल, चिनी, पीठो, तरकारी, डसना, सिरानी, तन्ना, झुल, व्याडमिन्टन, फूटबल, भलिबल, चेस लगायत सहयोग सामाग्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीलाई सचिब सुबासले हस्तान्तरण गरेका हुन् ।

ति सामाग्रीहरु नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला समिति दाङ, जनक गहतराज, नवल जीएम, नरबहादुर अधिकारी, गिरिराज खड्का, गुलाम रसुल र ध्रुबराज श्रेष्ठले सहयोग गरेका हुन् । बंगलाचुलीले क्वारेन्टाइनमा बसेकाहरुलाई आफ्नै ब्यवस्थापनमा खाना खुवाइरहेको र पानी परेसँगै चिसो बढेकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गराउन सहयोग अभियान चलाइएको नेता पुनले जानकारी दिए ।

बंगलाचुलीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ क्वारेन्टाईनमा ८ सय ४१ जना व्यक्तिहरु बस्दै आएका छन् । अहिले सम्म ७ सय ६८ जनाको स्वाब संकलन भएको छ भने त्यसमा बंगलाचुलीका १८ जना र प्युठानमा २ जनामा पोजेटिभ देखिएको हो । ४ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अब २ सय ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिनुभएको छ । बंगलाचुलीमा आरडिटी विधी मार्फ ५६ जनाको कोरोना जाँच गरिएको छ । बंगलाचुलीका विभिन्न क्वारेन्टाईनमा अहिले १६ जना प्युठानका व्यक्तिहरु बस्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया