दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१२-असोज/ दाङको घोराहीमा स्थितरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालले २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आज मंगलबारदेखि २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्रा डा. सङ्गीता भण्डारीले जानकारी दिइन् । यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चौबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको प्रतिष्ठानको उपकुलपति प्रा.डा. भण्डारीले बताइन् । प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । आज मंगलबारदेखि बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

प्रतिष्ठानले आउँदो आर्थिक वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीमा रहेको छ । सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको प्रा.डा. भण्डारीले बताइन् ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना