अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ।  अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्।

–  घाँटी दुख्नेरअसहज हुने।
–  थकान महसुस हुने।
– टाउको र शरीरका मांशपेशी दुख्ने।
–  हल्का शरीर तातिएको महसुस हुने।
–  नाकबाट पानी आउनेरबन्द हुने।

तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ।

प्रतिकृया

प्रतिकृया