दाङ,
२६-कात्तिक/ पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २र३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने तिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ । चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन । यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ । जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ ।

खाना खाएको कति समयपछि पानी पिउने

स्वास्थ विशेषज्ञका अनुसार खाना पचाउन करिव २ घण्टाको अवधि लाग्छ। यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ। त्यसैले खाना खाएको करीव ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ।

सही समयमा पानी पिउनुका फाइदा

खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ ।
सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।
पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।
शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ ।
सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ ।
स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया