तपाईको आज -२०७६-जेठ-०८ गते बुधवार
ज्येष्ठ कृष्णपक्ष चौथि तिथि पूर्वाषाढा नक्षत्र
नेपालमा सूर्योदय ५:१४ सूर्यास्त ६:४८

 

messमेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
यात्राको सम्भावना देखिन्छ । धार्मिक क्षेत्रमा क्रियाशील तथा लगानी युक्त समय रहला । अरुको सल्लाह सुझाव अनुसार अगाडि बढनु राम्रो हुनेछ ।

brissवृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बिभिन्न किसिमका समस्याहरु आईपर्नेछन । साथीहरु सँग बिबाद बढनेछ । यात्रा बाट खासै फाईदा छैन । व्यापार व्यावसायमा मध्ययम रहला ।


ADVERTISEMENT

  



mithunमिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
घरपरिवार तथा आफन्त सँग समय बित्नेछ । मनोरन्जन तथा सोखको लागि धन खर्च गर्नुपर्नेछ । व्यावसाय तथा व्यापार बाट रामै आम्दानी रहला ।

karkatकर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको बोलिको प्रभाव पर्नेछ । तार्किक क्षमतामा बृद्धि रहनेछ । सहयोगिहरुले साथ दिनेछन । आफनो कार्यमा अग्रसर भएमा सफलता रहला ।

simhaसिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बौद्धिक क्षमतामा बृद्धि रहनेछ ।शैक्षिक गति बिधिमा सरिक हुने अवसर जुटनेछ । मनोरन्जन क्षेत्रमा मन जानेछ । बिचार गत सोचको बिकास होला ।

kanyaकन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
घरपरिवार तथा आफन्त सँग मतभेद हुन सक्छ । व्यापार व्यवसायमा सोचे अनुसार सफलता रहने देखिदैन । अग्रज व्यक्ति सँग कुरामा मतमतान्तर हुनेछ ।

tula-rasiतुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
हिजोको परिश्रमको फल प्राप्त हुनेछ । आफन्त बाट नयाँ सन्देश प्राप्त हुनेछ । व्सामाजिक कार्यमा लाग्नु पर्नेछ । व्यापार,रोजगार क्षेत्र बाट लाभ छ ।

Vrischikवृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आर्थिक, सामाजिक क्षेत्रबाट लाभ रहनेछ । स्वास्थ्य समस्याले सताउला । काममा ढिलाईको महशुस हुनेछ । आनाबश्यक क्षेत्रमा धन खर्च रहनेछ ।

dhanuधनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
मनमा आत्मा बिश्वास बढनेछ । स्वादिष्ट भोजन प्राप्तिको योग रहनेछ । यात्रा कारक समय रहन सक्छ । कृषि तथा व्यापार,रोजगारीमा सफलता रहनेछ ।

makarमकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
लगानी अनुसार प्रतिफल नमिल्दा समस्या रहनेछ । कार्यमा समय दिन नसक्नाले केहि काम बाँकि रहनेछ । सोच बिचार बाट काममा फाईदा रहनेछ ।

kumvaकुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सरकारी काम बन्नेछ । शैक्षिक क्रियाकलाप सफल रहला ।समयले साथ दिनेछ । परिक्षम बाट फाईदा नै रहला । ल्याउनु पर्ने केहि रकम आउनेछ ।

minमीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
अग्रज व्यक्ति सगँ समय निकालेर अगाडि बढेमा सफलता रहनेछ । तपाईको प्रयास लागेमा काममा सफलता रहनेछ । केहि कार्यमा ढिलाई हुने देखिन्छ ।

वास्तु ज्ञान
बिधार्थीमा पढाई कमजोरी भएमा प्राय पूर्व फर्किएर बिहान पढनु राम्रो मानिन्छ ।
शिक्षा आर्जन गर्नको लागि सम्पूर्ण वातावरण मिल्नु पर्ने हुन्छ । बिधार्थीमा पढाईको स्तर घददै गएमा साँझ भन्दा बिहानको समयमा पढने बानी बसाल्नु पर्छ । पढदा जहिले पनि पूर्व दिशा फर्किएर पढने बानीको बिकास हुनुपर्छ । घर नजिक तुलसीको बोट लगाएर प्रत्येक दिन तुलसीमा जल चढाउदा राम्रो हुन्छ । घरमा अशोकको रुख पूर्वदिशा रोप्नुपर्छ । यसो गर्दा घरमा सक्रारात्मक वातावरण सिर्जना भई ज्ञान आर्जनको लागि बिधार्थी सहज हुने गर्छ । परिक्षामा जाँदा हरियो लुगाको प्रयोग गर्नु पनि उपयुक्त मान्ने गरिन्छ ।

युवा ज्योतिष ठाकुर देवकोटा jyotis
ज्योतिष सञ्चार परामर्श केन्द्र 
तुलसीपुर ‘ग’ लाइन दाङ
मो.नं. ९८४७८४४०९५,९८०९५६०५५७

प्रतिकृया

प्रतिकृया