तपाईको आज-२०७६-भदौ-२३ गते सोमबार

messमेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
यात्राको योग छ । खर्च बढी हुनेछ देखिन्छ । मनमा चिन्ता बढ्नेछ । चिसोले सताउने छ । घरायसी समस्या बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा मिल्नेछ ।

brissवृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आम्दामी राम्रो हुनेछ । धनको योग छ । पराक्रम बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ ।


ADVERTISEMENT

   


mithunमिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
मान सम्मान पाइनेछ । राजनीतिक भेटघाटले अधुराकाम बन्नेछन् । कुटुम्ब भेटघाट रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । छोटो यात्रा हुनेछ ।

karkatकर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
लामो यात्रा हुनेछ , धर्ममा रुचि बढ्ने एवम् दान पुण्यकाममा खर्च हुनेछ । हतारमा काम बिग्रिनेछ । गरेको काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरिरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ ।

simhaसिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अनावश्यक झमेला आउने छ । खर्चले तनाव बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । केही मात्रामा भएपनि आर्थिक सहयोग पाइनेछ । आफन्त भेटघाटमा समय बित्नेछ । काममा बोझ थपिनेछ ।

kanyaकन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
पारिवारिक मित्रता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतीको सम्भावना एवम् गरेको काममा प्रशंसा मिल्नेछ । यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

tula-rasiतुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मानसम्मान बढ्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यापारमा राम्रो योग देखिन्छ । आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । शत्रुको भय रहनेछ । राजनीतिबाट फाइदा हुनुका हुनेछ ।

Vrischikवृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
सन्तानबाट सहयोग पाइनेछ, भेटघाट एवम् भोजभतेरमा खुसियाली मिल्नेछ , वैदेशिक काममा फाइदा मिल्नेछ । लामो दुरीको यात्राको योग छ । मान्यजनबाट आश्वासनका साथै पद–प्रतिष्ठामा वृद्धि हुने छ ।

dhanuधनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
दाजुभाइको सहयोगले काममा प्रगति मिल्नेछ । स्वास्थ्यमा भने समस्या हुनेछ । आफन्तबाट धोका मिल्नेछ । राजनीतिक फाइदा र जिम्मेवारी बढ्ने देखिन्छ ।

makarमकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
पारिवारिक सहयोग पाइनेछ । प्रेममा प्रगति हुनाका साथै साझेदारीमा फाइदा मिल्नेछ । प्रेमीप्रमिकाबीच सम्बन्ध सुध्रिनेछ । अधुरा काम बन्ने र यात्राको अवसर पाइनेछ ।

kumvaकुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
काम बिगार्ने अगि सर्नेछन् । वादविवादमा परिने सम्भावना छ । विरोधीहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । ससुराल पक्षबाट सहयोग पाइनेछ । वैवाहिक कुराकानी चल्नेछ ।

minमीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
अकस्मात् जिम्मेवारी आउनेछ , कार्य व्यस्तता बढ्नाले घरायसी काममा वाधा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । मुद्दा मामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् ।



ज्योतिषाचाय उपप्रा. महेन्द्र भण्डारी
जनता विधापीठ बिजौरी, दाङ
मो.नं : ९८४१११५४१५

प्रतिकृया

प्रतिकृया