आजको राशिफल
आज मिति : २०७७/०४/०८गतेविहीबार, तदनुसार २३ जुलाइ २०२०श्रावणशुक्ल पक्ष तृतीयातिथि वेलुका १८;३०बजे सम्म । आजको नक्षत्र मघावेलुका १९;५९ बजे सम्म ।

messमेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानीहुने छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

brissवृष (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

mithunमिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

karkatकर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । झुठ्ठा आरोप लाग्ने छ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

simhaसिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट अधिक फाइदा हुने दिन रहेको छ ।

kanyaकन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

tula-rasiतुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

Vrischikवृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

dhanuधनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

makarमकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

kumvaकुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ ।

minमीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

                    कपिलदेव सुवेदी
उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय
सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्
ज्यौतिष परामर्श केन्द्र
वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा
बिजौरी,दाङ
भेटने समय :– विहान ०६–०९ः३०,दिवा ०२–०६
९८४७८२२७११,९८४७८३३६२३

प्रतिकृया

प्रतिकृया