सपथग्रहणमा किन बोलाएनन् मोदीले इमरानलाई !

सपथग्रहणमा किन बोलाएनन् मोदीले इमरानलाई !

एजेन्सी,
१७-जेठ /  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आगामी मे ३० तारिखमा सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति रामनाथ कोबिन्दले मे ३० तारिखमा साँझ ७ बजे मेदीलाई प्रधानमन्त्री पदको सपथ गराउने तय भएको छ ।

प्रधानमन्त्री मोदीसँग उनको मन्त्रीमण्डलका केही सदस्यले पनि मन्त्री पदको सपथ लिनेछन् । यस समारोहमा सहभागी हुनका लागि बिमस्टेकमा सहभागी राष्ट्रका प्रमुखलाई आमन्त्रण गरिएको छ ।


ADVERTISEMENT

  



भारतले सार्कको विकल्पका रुपमा प्रस्तुत गर्न खोजेको बिमस्टेकमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान रहेका छन् ।

सबै देशलाई सपथ ग्रहण समारोहमा सहभागी हुन निम्ता गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा प्राप्त भइसकेको छ । तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने मोदीले निमन्त्रण गरेका छैनन् । पाकिस्तानका प्रधानमन्त्री खानले मोदीलाई चुनावमा जित हात पारेलगत्तै फोन गरेर बधाई दिएका थिए ।

फोनमा कुराकानीका क्रममा इमरानले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर बन्ने विश्वास व्यक्त गरेका थिए । यसका बाबजुद पनि मोदीले इमरानलाई निमन्त्रणा नगरेर कठोरता प्रस्तुत गरेको टिप्पणी भइरहेको छ ।

मोदीको घरेलु राजनीति बाधक !
मोदीले सपथग्रहण समारोहलाई निम्ता नदिएपछि पाकिस्तान आफ्नो लाज लुकाउने कुरा गरिरहेको छ । पाकिस्तानले भनेको छ, प्रधानमन्त्री मोदीको घरेलु राजनीतिले उनका पाकिस्तानी समकक्षीलाई बोलाउने अनुमति दिँदैन ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले एक टेलिभिजन च्यानलसँग कुरा गर्दै भनेका छन्, मोदीको पूरा चुनावी क्याम्पेन नै पाकिस्तानको विरोधमा आधारित थियो, यति छिट्टै उनले पाकिस्तान बिरोधी नाराबाट छुटकारा पाउन सक्छन् भन्नु वाहियात हो ।

मोदीले पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने क्रममा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफलाई बोलाएका थिए । सरीफको उपस्थितीले दुई देशबीचको सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने विश्वास गरिएको थियो । तर गएको फेब्रुअरी महिनामा भएको पुलवामा आक्रमणले दुई देशको सम्बन्ध तनावपूर्ण बनाएको छ ।

प्रतिकृया

प्रतिकृया

तुलसीपुर अनलाईनको युटुब च्यानल (Tulsipur Online TV) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।

Advertisement

बिज्ञापन

 

 

Facebook Feed

Twitter Feed

Open

Close
[sg_popup id=1]