एजेन्सी,
२०0जेष्ठ /  इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ ।

यहाँको मौसम तथा भू-गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार अपराह्न १२:५७ मा भूकम्प आएको थियो ।


ADVERTISEMENT

  


 


सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेसियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।

प्रतिकृया

प्रतिकृया