नयाँदिल्ली,
२०-जेठ /  १३ यात्रीसहित भारतको आसामबाट उडेको भारतीय वायुसेवा निगमको विमान हराएको छ ।

आसामको झोराहटबाट १२.२४ मा उडेको एएन ३२ कलसाइनको उक्त विमान दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमानमा ८ चालकदलका सदस्य र ५ यात्री थिए।

भारतीय वायुसेनाले उक्त विमान खोज्न सुखोई ३० नामक युद्धक विमान र सी १३० नामक विशेष विमान परिचालित गरेको छ।


ADVERTISEMENT

  


 


भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गर्दै आफूले वायुसेना अधिकारी राकेशसिंह भदौरियासँग कुरा गरेको जनाउँदै विमानमा सवार सबै यात्रुको सुरक्षाको कामना गरेका छन्।

यसअघि सन् २०१६मा वायुसेनाको विमान बंगालको खाडीमा दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो।

प्रतिकृया

प्रतिकृया